लक डाउनको पुर्ण पालना गर्न आग्रह

मातृभूमी संवाददाता । २३ चैत्र दैलेख
ठाँटिकाँध गाउँपालिका वडा नं. ६ ले लक डाउनको पुर्ण पालना गर्न वडावासीमा आग्रह गरेको छ । ठाँटिकाँध गाउँपालिका ६ ले वडावासीहरुमा छिमेकि वडा र वाहिर हिडडुल नगर्न आग्रह गर्दै लक डाउनको पुर्ण पालना गर्न आग्रह गरेको हो । वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै वडावासीहरुलाई लक डाउनको पुर्ण पालना गर्दै अन्य वडामा पनि नजान आग्रह गरेको छ ।
वडा नं. ६ का वडाअध्यक्ष मनवहादुर सिजापतिले सूचना जारी गर्दै विश्वभर फैलिरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणवाट जोगिन लक डाउनको पुर्ण पालना गर्न अनुरोध गरेका हुन् । यस्तै ठाटिकाँध गाउँपालिका वडा नं. ६ को मालिका मा.वि. पाँचलामा क्वनरेन्टाइनको निर्माण गरिएको छ । भारत लगायत अन्य मुलुकवाट वडामा आएकाहरुलाई क्वारेन्टाइनमा राख्नका लागी व्यवस्थीत क्वारेन्टाइन निर्माण गरिएको वडा अध्यक्ष मनवहादुर सिजापतिले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *