राहत दुरुपयोग गरे कारवाही गरिन्छ : वडाअध्यक्ष डाँगी

मातृभूमी संवाददाता । २४ चैत्र (चुप्रा) दैलेख
डुङ्गेश्वर गाववउँपालिका वडा नं. १ का अध्यक्ष लोगवहादुर डाँगीले आम नागरिकहरु कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमवाट वच्नका लागी सर्तकता अपनाउन वडावासीमा आग्रह गरेका छन् । सोमवार वडाका विपन्न, अति विपन्न, असाह्य, असक्त, कामगरी खाने मजदुर लगाएतलाई राहत वितरण गर्दै आफ्नो स्वास्थ्यको ख्याल राख्दै उच्च सर्तकता अपनाउन आग्रह गरेका हुन् ।
वडा अध्यक्ष डाँगीले वडावासीहरुलाई आफ्नो स्वास्थ्यको ख्याल राख्दै त्रसित नहुन, नआत्तिन अनुरोध गर्दै कोरोना भाइरसको संक्रमणवाट वच्न अनुरोध गरे । कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि प्रभावित बनेका वडासीलाई सोमवार वडा कार्यालयमा राहत वितरण गरिएको छ । डुङ्गेश्वर गाउँपालिका वडा नं. १ ले विपन्न, असाहय र मजदुरवर्गका नागरिकको छाक गुजार्न मुस्कील परेका वेला राहत वितरण गरिएको वडाअध्यक्ष डाँगीले वताए ।
वडाभरिका १ सय ५० घरधुरीका परिवारलाई राहत वितरण गरिएको वडाअध्यक्ष डाँगीले वताए । अध्यक्ष डाँगीले वडामा कुनै समस्या भएमा आफुलाई तथा अन्य जनप्रतिनिधिहरुलाई खवर गर्न समेत अनुरोध गरेका छन् । वडावासीको स्वास्थ्य सुरक्षाका लागि आफु हरदम तयार रहेको अध्यक्ष डाँगीले वताए । रााहत सामग्रीमा परिवार संख्या ३ जना भएकालाई २० केजी चामल, २ केजी दाल, १ केजी नुन, १ लिटर तेल र १ केजी चिनी रहेको छ । यसैगरी परिवार संख्या ५ जना भएकालाई ३० केजी चामल, ४ केजी दाल, १ केजी नुन, २ लिटर तेल र २ केजी चिनी रहेको छ भने परिवार संख्या ६ जना भन्दा माथि भएकालाई ४० केजी चामल, ४ केजी दाल, ३ केजी नुन, २ लिटर तेल र २ केजी चिनी रहेको छ । डुङ्गेश्वर गाउँपालिका वडा नं. १ ले यस अघि नै प्रति परिवार २ वटाका दरले हातधुने लाईफव्याय सावुन घरघरमै गएर वितरण गरिसकेको छ ।
यस्तै डुङ्गेश्वर गाउँपालिका वडा नं. १ अध्यक्ष डाँगीले राहतमा पाएको सामाग्री दुरूपयोग नगरी घरपरिवार सम्म पु¥याई जिविको गुजार्न अनुरोध गरे । वडाअध्यक्ष डाँगीले राहत सामाग्री वितरण गरिएका टोलहरूमा अनुगमन गरिने र दुरूपयोग भएको पाइएमा कडा भन्दा कडा कारवाही गरिने चेतावनी समेत दिए । राहत वितरणका क्रममा जिल्ला भन्दा वाहिरका काम गरी खाने मजदुरहरु, कन्चनपुर, सिरहा, सप्तरी, भक्तपुर लगाएतका नागरिक लक डाउनका कारण मारमा परेका मजदुरहरु रहेका छन् । यसैगरी आफ्नो वडा भन्दा अन्य वडाका र लामो समयदेखी यस वडामा वसोवास गर्दै आएका र भोटिङ अधिकारी वाहिर भएका व्यक्ति र परिवारलाई पनि राहत वितरण गरिएको वडाअध्यक्ष डाँगीले जानकारी दिए ।
राहतका लागि टोल टोलमा लागत संकलन गरिएको र जनप्रतिनिधीको रोहवरमा खाद्यान्न सामाग्री वितरण गरिएको वडाअध्यक्ष डाँगीको भनाई छ । वडाको मापदण्ड अनुसार आफ्नो आयश्रोत तथा जायजेथा नभएका, अरुको सहयोग तथा सहारामा बस्दै आएका व्यक्तिलाई असहाय भनेको छ । त्यस्तै आम्दानीको कुनै स्थायी श्रोत नभएका, दैनिक जीवन गुजारा गर्न धौधौ पर्ने सम्बन्धित वडाले अति विपन्न हो भनेर प्रमाणित गरेका व्यक्ति र परिवारलाई अतिविपन्न मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *