गुणस्तरहिन खाना खुवाउँदा क्वारेन्टाइनमा वसेकालाइ पखाला

मातृभूमी संवाददाता । २६ चैत्र दैलेख

दैलेखको आठविस नगरपालिकामा क्वारेन्टाइनमा वसेकाहरुलाई गुणस्तरहिन खाना खुवाउने गरेको पाइएको छ । आठविस नगरपालिका वडा नं. २ मा क्वारेन्टाइनमा वसेका ३९ जनालाइ खुवाउने खाना गुणस्तरहिन रहेको पाइएको हो । तरकारीमा पयोग हुने मसलाको म्याद सन् २०१६ मा नै सकिएको छ । मापदण्ड विपरीत निर्माण गरिएको क्वारेन्टाइनमा अहिले ३९ जना वसिरहेका छन् ।

५ जना सम्म राख्न मिल्ने क्वारेन्टाइनमा १२ जना सम्म राखिएको छ । गुणस्तरहिन खाना खुवाउँदा क्वारेन्टाइनमा वसेका ४ जनालाई पखाला लागिरहेको स्थानीय जीवन चन्दले जानकारी दिए । आठविस नगरपालिका वडा नं. २ का वडा अध्यक्ष पुर्ण खनालले आफ्नै पसलवाट म्याद गुज्रिएको मसला र गुणस्तरहिन खाद्यान्न खरिद गरी खुवाउँदा उनीहरुलाइ पखाला लागेको चन्दले वताए । उनले यस विषयमा सम्वन्धित निकायले ध्यान दिन नसकेको प्रति गम्भिर ध्यानाकर्षण भएको वताए ।

यता पमुख जिल्ला अधिकारी युवाराज कटेलले यस विषयमा आफुलाई पनि जानकारी आएको र यस विषयमा आफुले वुझिरहेको वताए । पमुख जिल्ला अधिकारी कटेलले यस विषयमा वुझनका लागी नेपाली सेनाको एक टुकडी पठाइएको र वडाअध्यक्षले पनि आगामी दिनमा यसो नगर्ने भने चिठ्ठि लेखेर पठाएको जानकारी दिए । अवकोे एक दुइ दिनमा डाक्टर सहितको टोलि स्याम्पल लिनका लागी उक्त स्थान तर्फ प्रस्थान गर्ने पनि जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *