ठाँटिकाँध गाउँपालिकाका अध्यक्ष सहितको टोलि गाउँ–गाउँमाा

मातृभूमी संवाददाता । ३० चैत्र दैलेख
ठाँटिकाँध गाउँपालिका दैलेखका अध्यक्ष, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोलि जनचेतना जगाउँदै गाउँ–गाउँ पुगिरहेका छन् । ठाँटिकाँध गाउँपालिकाका अध्यक्ष धिरवहादुर शाही, स्वास्थ्य शाखा प्रमुख रविन्द्र भण्डारी लगाएत सुरक्षाकर्मीको टोलि जनचेतना जगाउँदै गाउँ–गाउँ पुगिरहेका हुन् । विपद्मा होस् या अन्य विभिन्न काममा जनचेतना जगाउन गाउँपालिकाका अध्यक्ष शाही सहितको टोलि गाउँ–गाउँ पुग्ने गरेको पाईएको छ ।
विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले मुलुक लक डाउनमा छ । रोग, भोक र अशिक्षाले गाउँलाई पहिले देखिनै गाँजेको छ । जति नै लक डाउन भए पनि गाउँमा विरामिलाई पखाला लाग्दा स्वास्थ्यकर्मीले जिवनजल वाँड्नै पर्छ । ज्वरो आउदा सिटामोल दिनै पर्छ भन्ने हेतुले गाउँ–गाउँमा रहेका स्वास्थ्य संस्थामा औैषधी आपुर्तिको अवस्था वुझ्दै गाउँमा जनचेतना जगाउँदै हिडिरहेको ठाँटिकाँध गाउँपालिका दैलेखका स्वास्थ्य शाखा प्रमुख रविन्द्र भण्डारीले वताए । ठाँटिकाँध गाउँपालिका अन्र्तगत रहेका विभिन्न स्वास्थ्य सस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु आफ्नै कार्य क्षेत्रमा खटेर कामकाज गरिरहेको भन्दै जनप्रतिनिधिहरु वडा–वडामा जनचेतना फैलाउने कार्यमा सक्रिय रहेको गाउँपालिकाका अध्यक्ष शाहीले जानकारी दिए । सुरक्षाकर्मीको टोलिले गाउँगाउँमा पुगेर भिडभाड नगर्न सर्वसाधारणमा अनुरोध गरेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *