समाजसेवी थापाद्धारा स्वास्थ्य सामाग्री सहयोग
मातृभूमी संवाददाता । ०२ वैशाख दैलेख
दैलेखको भगवतीमाई गाउँपालिकामा ५३ हजार वढिको स्वास्थ्य सामाग्री वितरण वितरण गरिएको छ । हाल अमेरीकामा वस्दै आएका दैलेख निवासी कलम थापाले भगवतीमाई गाउँपालिकामा ५३ हजार वढिको स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
निर्माण ब्याबसायी एवं दैलेख उद्योग वाणिज्य संघका उपाध्यक्ष रुपक थापा मार्फत उक्त गाउँपालिकामा स्वास्थ्य सामाग्री वितरण गरिएको जनाईएको छ । स्वास्थ्य सामाग्रीमा कटन मास्क ७ सय थान, पि.पि.ई. १४ सेट, लाईव्याय सावुन ४ सय ६० पिस, जुनेली सावुन २ सय ४० पिस गरी ५३ हजार वढिको स्वास्थ्य सामाग्री वितरण गरिएको उपाध्यक्ष रुपक थापाले वताए ।
विश्वभर फैलिरहेको नोवल कोरोना भाईरस (कोभिड–१९) को संक्रमणवाट वच्न तथा महामारी फैलन नदिन समाजसेवी कमल थापाले अमेरीकावाट पठाएको स्वास्थ्य सामाग्री उपाध्यक्ष थापाले मंगलवार गाउँपालिकालाई हस्तान्त्रण गरेको समाजसेबी एवं युवा ब्यबसायी थापाले जानकारी दिए ।
उपाध्यक्ष थापाले भने, ‘बिश्वमा महामारी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणवाट वच्न नागरिक सचेत बन्न र कसैले पनि यो कोरोना भाईरस लाई सामान्यतया लिन नहुने वताउँदै आफ्नो घरमा सुरक्षित रुपमा वस्नुपर्छ ।’ उनले यस रोगवाट वच्नका लागी आफै सचेत हुनु पर्ने वेला आएको वताए ।
बधाइ छ भाइ येस्तो राम्रो काम गर्नु भएछ
बधाई छ दाइ हजुर ।