दुल्लुका स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता
मातृभूमी संवाददाता । ३ वैशाख दैलेख
कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम रोकथाममा संलग्न स्वास्थ्यकर्मीलाई दैलेखको दुल्लु नगरपालिकाले प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ । नगरपालिकाले जोखिम रोकथाममा संलग्न स्वास्थ्यकर्मीको तलबमा प्रतिदिन ३ हजार २ हजार र १ हजार ५ सय प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय गरेको नगर प्रमुख घनश्याम भण्डारीले वताए ।
उनका अनुसार लकडाउन अवधिमा सबै स्वास्थ्यकर्मीलाई भाइरसका बिरामीको उपचार तथा रेखदेख गरे वापत अधिकृत सरहका स्वास्थ्यकर्मीलाई दैनिक ३ हजार, अन्य स्वास्थ्यकर्मीलाई दैनिक २ हजार र श्रेणी विहिन कर्मचारीलाई दैनिक १ हजार ५ सयका दरले प्रोत्सान रकम प्रदान गर्ने निर्णय कार्यपालिकाको वैठकवाट भएको छ ।
नगरपालिकाले लक डाउनको समयमा घरभित्रै रहन आह्वान गर्दै स्वास्थ्य समस्या आएमा नजीकको स्वास्थ्यकर्मी अथवा स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।