नौमूलेद्धारा लकडाउनमा थप कडाई

मातृभूमी संवाददाता । ०३ वैशाख दैलेख
नौमूले गाउँपालिकाले लकडाउनलाई थप कडाई गरेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई थप कडाई गरेको हो । नौमूले गाउँपालिकाले लकडाउनलाई थप कडाई गर्दै गाउँपालिकामा कोहि कसैलाई पनि छिर्न नदिने र गाउँपालिकावाट वाहिरीन पनि नदिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरले वताए ।
उनले भने, ‘विश्भर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण यस गाउँपालिकामा फैलिन नदिन हामीले गाउँपालिकामा कसैलाई पनि छिर्न नदिने र वाहिर जान नदिने निर्णय गरेका छौँ ।’ अध्यक्ष वुढाले एक वडावाट अर्काे वडामा पनि अत्यावश्यक काम वाहेक जान नदिने निर्णय गाउँ कार्यपालिकाको वैठकवाट गरेको वताए ।
सानो लापरवाहीले ठूलो क्षति हुने वताउँदै अध्यक्ष वुढाले उच्च सतर्कताका साथ नौमूलेवासीमा लकडाउनको पालना गर्न आग्रह गरेका छन् । ‘हामिले हाम्रो लागि व्यक्तिगत रुपमा कडाई गरेका होइनौ र यहाँका जनताको स्वास्थ्य सुरक्षाका लागिनै दिनरात चासो र चिन्तामा काम गर्दै अएका हौ’ अध्यक्ष वुढाले भने, ‘यसमा सवै वडाका वडा अध्यक्ष जनप्रतिनिधि, स्वास्थ्यकर्मी कर्मचारी सुरक्षाकर्मी सवैले सक्रियताका साथ काम गर्नु भएको छ ।’
यो महाँसंकटको समयमा लापरवाही नगरी लकडाउनको पालना गर्नु नै कोरोना सक्रमणवाट वच्ने उत्तम उपाए भएको भन्दै पूर्णरुपमा लकडाउनको पालना घरमै वसी आ–आफ्नो खेत वारीमा खेती किसानी गर्न समेत अध्यक्ष वुढाले नौमूलेवासीमा आग्रह गरेका छन् । अन्य विकास निर्माणका गतिविधि कोरोना संक्रमण हटेपछि नियमित हुने वताउँदै अध्यक्ष वुढाले अहिले आफ्नो स्वास्थ्यको मात्र ख्याल गर्ने वेला आएको वताए ।
आफ्नो स्वास्थ्य उपचारमा काठमाण्डौ गएकी नौमूले गाउँपालिकाकी उपाध्यक्ष अमृता सिंहले विश्वभर फैलीएको कोरोना संक्रमणवाट वच्न लकडाउनको पालना गर्न आवश्यक रहेको वताईन । टेलिफोन सम्पर्कका क्रममा वोल्दै उपाध्यक्ष सिंहले लकडाउनले आफु काठमाण्डौमै रहेपनि नौमूलेवासीमा त्रसित नभई आफ्नो स्वास्थ्यको ख्याल राख्न अनुरोध गरेकी छन् । ‘मैले टेलिफोन मार्फत पनि नौमूलेको गतिविधिमा र नौमूलेवासीको स्वास्थ्यको वारेमा चिन्ता व्यक्त गर्दै आएको छु’ उापाध्यक्ष सिंहले भनिन्, ‘ नौमूलेका जनताको समस्यालाई मध्य नजर गर्दै राहत वितरणमा कुनै पार्टी आफ्नो पराई नभनि काम गरी खाने मजदुरलाई दैनिक छाक टर्न मुस्कील परेकाको विषमा कुरा हुदै आएको छ र यहि अनुरुपनै वितरण हुन्छ ।’
नौमूले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद कोइरालाले यो वन्दावन्दीको समयमा पनि सम्पूर्ण कर्मचारीरुलाई आफ्नो स्थानमा रहि कोरोना संक्रमणवाट वच्न र वचाउन हरेक क्रियाकलाप गर्न अनुरोध गरेका छन् ।
नौमूले गाउँपालिका २ वालुवाटारका अध्यक्ष मोतिलाल खत्रीले आफ्नो वडामा लकडाउनको पूर्ण पालना भएको र आगामि दिनमा पनि पालना गरी कोरोना संक्रमणवाट वच्न वडावासीमा अनुरोध गरेका छन् । उता नौमूले ३ द्धारीका वडा अध्यक्ष गगनबहादुर रोकाले अतिआवश्यक काम वाहेक एक टोलवाट आर्को टोलमा आउ जाउमा पूर्ण रुपमा वन्द गरिएको वताए । यदि कुनै त्यसो काम परेमा वडाको सिफारिस अनिवार्य भएको अध्यक्ष रोकाले वताए ।
नौमूले गाउँपालिका ४ कालिकाका वडा अध्यक्ष गजवहादुर ढेंगाले कोरोना संक्रमणवाट वच्न टोल टोलमा पुगी आम वडावासीमा सुचना तथा सचेतना कार्यक्रम गरिएको वताए । आफु पनि वचौ र अरुलाई पनि वचाऔं भन्दै लकडाउनको पालना गरी त्रसित नहुन अध्यक्ष ढेंगाले वडावासीमा आग्रह गरेका छन् ।
नौमूले गाउँपालिका ६ सल्लेरीका अध्यक्ष दलबहादुर गुरुङले वडामा वाहिरवाट आउनेलाई क्वारेन्टाईनमा राख्नका लागि वडाले सवै तयारी गरेको र त्यसको निगरानीका लागि टोल टोलमा सुचना संकलन गर्ने व्यक्तिलाई खटाइएको वताए । उता नौमूले गाउँपालिका ८ चौराठामा पनि लकडाउनको पूर्ण पालना गर्न वडाले टोल टोलमा वडा सदस्य लगाएत समितिका व्यक्तिहरुलाई खाटाइएको वडा अध्यक्ष मोहन रानाले वताए । उनले नौमूले गाउँपालिकाको मूख्य प्रवेशद्धार जस्तै रहेको चौराठाको झिल्केमा चेकजाँचका महत्पूर्ण सामाग्री आवश्यक रहेको र त्यसको लागि आफुले पहल गरेको अध्यक्ष रानाले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *