एभरेष्ट क्लवद्धारा सहयोग सामाग्री वितरण
मातृभूमी संवाददाता । ०५ वैशाख दैलेख
एभरेष्ट क्लव दैलेखले यहाँका विभिन्न स्थानीय तहमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस (कोभिड–१९) को संक्रमणवाट वच्न क्वारेन्टाइनका लागि आवश्यक पर्ने सामाग्री वितरण गरेको हो । सेभ द चिल्ड्रेनको साझेदारीतामा एभरेष्ट क्लव दैलेखले यहाँका आठविस र चामुण्डा विन्द्रासैनी नगरपालिका तथा दैलेख अस्पतालमा ९ लाख ६९ हजार वढिको सामाग्री वितरण गरिएको क्लवका अध्यक्ष दिपक शाहीले जानकारी दिए ।
वितरण गरिएको स्वास्थ्य सामाग्रीमा पिफम, मास्क, ग्ल्वस, हात धुने सावुन, स्वास्थ्यकर्मीका लागी पिपिई (एएभ्) सेट, सेनिटाईजर, फिल्टर, डस्टविन, वेडसिट, तकिया, वाटर वोटल, टुटि सहितको वाल्टिन र तौलिया रहेको छ ।
सामाग्री वुझ्दै चामुण्डा विन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले एभरेष्ट क्वललाई धन्यवाद ज्ञापन गर्दै कोरोना भाइरस फैलिन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे । नगरप्रमुख शाहीले नगरपालिकामा सहयोग गर्ने पहिलो संस्था एभरेष्ट क्लव भएको भन्दै खुसी व्यक्त गरे । कोराना भाइरस संक्रमण रोक्न उच्च सतर्कता अपनाउन लागि नगरप्रमुख शाहीले नगरवासीलाई आग्रह समेत गरे ।
यस्तै आठविस नगरपालिका दैलेखका नगर उपप्रमुख दिपा वोहोराले पारदर्शिताको उदाहरण, भएको भन्दै लगानी भएको रकम र सामानको लिष्ट अनुसार सामान भए नभएको परिक्षण गरिएको वताईन् । उनले सामाजिक संजाल फेसवुकमा स्टाटस लेख्दै एभरेष्ट क्लव दैलेखलाई आभार सहित धन्यवाद व्यक्त गर्दै यस्तो जोखिम परिस्थितिमा सहयोग गरेकोमा खुसी व्यक्त गरिन् । यी अत्यावश्यक सामानहरु न्यायोचितरुपले वितरण गर्न सकौं, साथै सबै व्यक्ति, समूह संस्थाको सुझाव र सहयोगको अपेक्षा गरिएको वताईन् ।
क्लवले यस अघि दैलेख सदरमुकाममा गस्तिमा खटिएका सुरक्षाकर्मीका लागी विभिन्न ठाउँमा मिनिरल्स वाटर वितरण गरेको थियो । अहिले पनि गस्तिमा खटिएका सुरक्षाकर्मीका लागी मिनिरल्स वाटर वितरण गर्दै आएको छ ।