लक डाउनको पुर्ण पालना गर्न भैरवीवासीको जिल्लावासीमा अनुरोध

मातृभूमी संवाददाता । ०७ वैशाख दैलेख
भैरवी गाउँपालिकामा लक डाउनलाई निकै कडाई गरिएको छ । लक डाउनको समयमा गाउँपालिका र वडाका विभिन्न नाकामा लक डाउनलाई निकै कडाई गरिएको हो । शनिवार मात्र मातृभूमी अनलाईन दैलेखका पत्रकार रिर्पाेटिङका लागी खोलि वजार हुँदै डाँडिमाडी वजार जाने क्रममा गाउँपालिका र वडाले लक डाउनलाई निकै कडाई गरिएको पाईएको हो ।
भैरवी गाउँपालिका वडा नं. १ को भिरखेत सहिद गेट, वाथथला, वडलम्जी र डाँडामाडि जाने वाटो सहिद गेट, कोइराल गाउँ लगाएतका विभिन्न ठाउँमा युवायुवतिले लक डाउनलाई कडाई गरिरहेको पाईएको हो । उनीहरुले कोहि पनि व्यक्तिलाई आउजाउ गर्न दिएका छैनन् । विश्वभर महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलन नदिन लक डाउनमा कडाई गरिएको वताए ।
उनीहरुले मोटरसाईकल लगाएतका सवारी साधनमा यात्रा गर्नेहरुलाई जिल्ला प्रशासन कार्यालयको प्रवेशआज्ञा पत्रको आधारमा मात्र आउजाउ गर्न दिएका छन् । सोहि गाउँपालिकाका आम सर्वसाधारणलाई तपाँईको गाउँपालिकाले लक डाउनलाई निकै कडाई गरिरहेको छ तपाँई के भन्नुहुन्छ भन्ने हाम्रो प्रश्नमा उनीहरुले हाम्रो गाउँपालिकाले निकै राम्रो काम गरेको छ भन्ने लाग्छ । दैलेखका अरु गाउँपालिका, नगरपालिकाले पनि यसरी नै कडाई गर्नु पर्छ । विश्वमा कोरोनाको औषधी पत्ता नलागेका वेला घरमै वस्नु गहुँ, जौ पाकेको छ । ठुलो जमघट र भेला नगरी घरपरिवारले मात्र आफ्नो काम गर्नु पर्छ । अहिलेको उत्तम औषधी भनेको नै यहि भएको वताए ।
उनीहरुले लक डाउनको पालना गरी घरमै वस्न र वाहिर ननिस्कन तथा भिडभाड नगर्न, भेटघाट नगर्न सम्पुर्ण जिल्लावासीमा अनुरोध समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *