भैरवी गाउँपालिका ४ का अध्यक्षद्वारा जन्मदिनमा स्वास्थ्य सामाग्री वितरण

मातृभूमी संवाददाता । १२ वैशाख दैलेख
विश्व कोरोना भाइरसको महामारीसँग जुधी रहेका बेला जन्मदिनको अवसरमा जिल्लाको भैरवी गाउँपालिका ४ का अध्यक्ष वीरेन्द्र बहादुर शाहीले वडामा बसोबास गर्ने दलित, असाह्य, गरिब घरपरिवारलाई स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।
उनले आफू जनप्रतिनिधि निर्वाचित भएबाट पाएको भत्ता बापतको रकम बाट २ सय पचास दलित घर परिवार सहित वडामा रहेका ६ सय पचास घर परिवारलाई कोरोनाको सङक्रमणबाट बच्न मास्क, साबुन लगाएतका सामाग्री बितारण गरेका हुन् ।
सहरमा भन्दा गाउँमा कोरोनाको जोखिम वढि भएकाले मजदुरी गरी परिवारको जीविका चलाउँदै आएका २ सय पचास दलित घर परिवार र ४ सय गैर दलित परिवार गरी ६ सय पचास घर परिवारलाई व्यक्तिगत खर्चमा स्वास्थ्य सामाग्री वितरण गरिएको वडाध्यक्ष शाहीले बताए ।
यस्तै उनले भैरीकालिकाथुम स्वास्थ्य चौकीलाई ५ सय पिस सर्जिकल मास्क र २ दर्जन हात धुने साबुन प्रदान गरेका छनर । भैरवी प्रहरी चौकीलाई १ सय पिस मास्क सँगै १ दर्जन हात दुने साबुन प्रदान गरिएको जानकारी दिए ।
वडावासीले वडाका नागरिकको स्वास्थ्य, शिक्षासंगै वडाको बिकास गर्नलाई निर्वाचित गराएको हुनाले वडा भित्र बसोबास गर्ने गरिब, दलित, असाह्य लगायत सम्पूर्ण वडाबासीको हरेक सुख दुखमा अभिभावकत्वको भूमिकामा निर्वाह गरी वडाको विकास र नागरिकको स्वास्थ्यमा आफुलागि रहेको अध्यक्ष शाहीले बताए ।
उनले अहिले कोरोना भाइरस विश्वमा महामारीका रूपमा फैलिएकाले यस बाट बच्न सम्पूर्ण भैरवीबासी र जिल्ला बासिहरूलाई सरकारले गरेको लकडाउनको पूर्ण पालना गरी कोरोना मुक्त नेपाल बनाउन सहयोग गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *