कांग्रेस दैलेखद्धारा स्थानीय तहलाई खाद्यान्न हस्तान्त्रण
मातृभूमी संवाददाता । १२ वैशाख दैलेख
नेपाली कांग्रेस दैलेखले विभिन्न स्थानीय तहहरुलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९)का कारण समस्यामा परेका नागरिकलाई राहत स्वरुप वितरण गर्न यहाँका विभिन्न स्थानीय तहलाई खाद्यान्न सामाग्री हस्तान्त्रण गरिएको हो । नेपाल सरकारको एकद्धारा प्रणाली मार्फत यहाँका स्थानीय तहहरुमा ८ लाख वरावरको खाद्यान्न सामाग्री नेपाली कांग्रेस दैलेखका सभापति कृष्णकुमार वि.सि.ले हस्तान्त्रण गरेका हुन् ।
जिल्लाको ठाटीकाँध र भैरबी गाउँपालिका, दुल्लु, आठबिस, र चामुण्डा बिन्द्रासैनी नगरपालिकालाई महाधिबेसन प्रतिनिधि दिक्पाल कुमार शाहि र नेपाली काँग्रेसका युवा नेता समाजसेवी बासुदेब शर्माको आर्थीक सहयोग र पब्लिक हिमाल यातायात प्रा.लि. का अध्यक्ष खगेन्द्रप्रसाद शर्माको ढुवानी सहयोगमा दैनिक उपभोग्य खाद्यान्न सामाग्री उपलब्ध गराईएको प्रेस युनियन दैलेखका सभापति भुपेन्द्र शाहीले जानकारी दिए । प्रेस युनियन दैलेखका सभापति शाहीले खाद्यान्न सामाग्री आफ्ना नागरिकलाई वितरण गर्दा कोहि नदोहोरीने र कोहि नछुट्ने गरी पारदर्शी ढंगले वितरण गर्न अनुरोध गरे ।
खाद्यान्न सामाग्रीहरुमा तेल, चामल, आयोडिन नुन र हात धुने साबुन स्थानीय तह मार्फत दैनिक ज्याला मजदुरी गर्ने र अतिविपन्न घर परिवारलाई बितरण हुने गरी हस्तान्तरण गरीएको कांग्रेस सभापति वि.सी.ले जानकारी दिए । उनले भने, ‘खाद्यान्न सामाग्री वितरण एकद्धार प्रणाली माफत् गरेका छौँ । आशा छ पालिकाले खाद्यान्न सामाग्री आफ्ना नागरिकलाई वितरण गर्दा अनियमितता गर्ने छैनन् ।’