सिनामंगल काठमाडौको डुङ्गेश्वरलाई सहयोग

मातृभूमी संवाददाता । १४ वैशाख दैलेख
मिरमिरे युबा समाज सिनामंगल काठमाडौले दैलेखको डुङ्गेश्वर गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो । गाउँपालिकालाई प्रदान गरिएको स्वास्थ्य सामाग्रीमा पि.पि.ई. सेट ३५ थान, ह्यान्डवास ६० लिटर, सर्जिकल मास्क मास्क ६ हजार पिस, सर्जिकल ग्लोब्स ५ हजार पिस, फेस कभर ३० पिस र थर्मल गन २ पिस लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
सस्थाको तर्फबाट अध्यक्ष दिनेश बिक्रम शाह र सचिव चेतन न्यौपानेले डुङ्गेश्वर गाउँपालिका दैलेखका अध्यक्ष नगेन्द्र बहदुर मल्ल मार्फत स्वास्थ शाखालाई हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष दिनेश विक्रम शाहले जानकारी दिए । सामग्री हस्तान्तरणका क्रममा सामाजिक दुरिलाई कायम गर्दै नमस्कार शैलि अपनाईएको संस्थाका सचिव चेतन न्यौपानेले जानकारी दिए ।
सचीव न्यौपानेको सयोजकत्वमा स्वास्थ सामाग्री संकलन गरिएको थियो । सचिव न्यौपानेले विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्व र देश नै विषम परिस्थितिमा रहेको बेला सबै कुरामा राज्यको मुख ताकेर बस्नु भन्दा पनि सबैले आ–आफ्नो ठाउँबाट हातेमालो गर्नु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *