आफ्ना नागरिकको उद्धार गर्न नौमूलेको टोलि काठमाण्डौ प्रस्थान

मातृभूमी संवाददाता । १४ वैशाख दैलेख
नौमूले गाउँपालिकाले काठमाण्डौमा लकडाउनका कारण समस्यामा परेका नौमूलेवासीको उद्धारका लागि दुई वटा वस पठाएको छ । नौमूले गाउँपालिकाको आर्थिक सहयोग तथा दैलेख उद्योग वाणिज्य संघ नौमूले शाखा र नेपाल रेडक्रस सोसाईटि नौमूले शाखाको सहजिकरणमा लकडाउनका कारण काठमाण्डौ लगाएतका जिल्लामा समस्यामा परेका नौमूलेका नागरिकको उद्धारका लागि वस पठाइएको हो ।
तरुण दल दैलेखका अध्यक्ष लालबहादुर चन्द र सुआहारा कार्यक्रमका फिल्ड सुपरभाईजर तथा गाउँपालिका स्तरीय कोरोना व्यवस्थापन समिति सदस्य वावुराम जैसीको नेतृत्वमा समस्यामा परेका नौमूलेका नागरिकको उद्धरका लागि काठमाण्डौ पठाइएको गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरले वताए । नौमूलेका नागरिकको रक्षाका लागि गाउँपालिका लगाएत सरोकारवाला निकायको महत्वपूर्ण योगदान रहने भन्दै काठमाण्डौ लगाएका जिल्लामा समस्यामा परेका नौमूलेका नागरिकको उद्धारमा आफु लागि परेको अध्यक्ष वुढाले वताए । नेपालका हरेक क्षेत्रमा समस्यामा परेका व्यक्तिहरुकको सम्पर्क गरी खोजी कार्य गरिरहेका नौमूलेका स्थानीय समाजसेवी परे खड्का, कविन्द्र खड्का र रमेश गहतराजलाई जिम्मेवारी दिइएको जनाइएको छ ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्व र देश नै विषम परिस्थितिमा रहेको बेला आफ्ना नागरिकको खोजी तथा उद्धारमा नौमूले गाउँपालिका हरदम तयार रहेको गाउँपालिकाका अध्यक्ष वुढाले वताए । यो महासंकटमा राज्यको भर परेर कुर्नु भन्दा पनि सवैले आफ्नो क्षेत्रवाट सहयोगका लागि लाग्न अध्यक्ष वुढाले सम्पुर्णमा आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *