नौमूले गाउँपालिका अध्यक्षद्धारा वोनम्यारो पीडित महिलालाई सान्त्वना
मातृभूमी संवाददाता । १७ वैशाख दैलेख
नौमूले गाउँपालिका–५ सालकोटकी वोनम्यारो पिडित महिलाको स्वास्थ्य अवस्था वारे गाउँपालिकाका अध्यक्षले चासो दिएका छन् । जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको उनको स्वास्थ्य अवस्थावारे वुधवार अस्पतालमै पुगी नौमूले गाउँपालिकाका अध्यक्ष वदे वुढाले चासो दिएका हुन् ।
अध्यक्ष वुढाले गाउँपालिकावाट हुने सहयोग नियम अनुसार गरिने वताउँदै पीडित महिलालाई सान्त्वना दिएका छन् । यहि सोमवार १५ गते ‘मृत्युसंग लड्दै वोनम्यारो पीडित, परिवारद्धारा सहयोगको याचना’ भन्ने शिर्षको समाचार कारोवार दैनिकमा प्रकाशन भएपछि अध्यक्ष वुढाले तत्काल दैलेख अस्पतालमै पुगी डाक्टरको सल्लाह सहित आफुले पीडित महिलालाई सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् । मर्नु न वाच्नुको दोसाँदमा जिल्ला अस्पतालको वेडमा उक्त समस्यासँग जुधिरहेकी नौमूले गाउँपालिका ५ सालकोटकी ३२ वर्षिय पवित्रा रेगामीलाई जिलमा उपचार सम्भव नभएपछि काठमाण्डौ पु¥याउन आफुले सक्दो पहल गर्ने अध्यक्ष वुढाले वताए ।
विगत ४ महिनादेखि उपचारको क्रममा रहकी रेगामीलाई दुई महिनाअघि कोहलपुर शिक्षण अस्पतालका डाक्टरले काठमाडौं लैजान सल्लाह दिएपनि आर्थिक अभावका कारण घर फिर्ता हुन वाध्य भएका थिए । जिल्ला अस्पताल दैलेखमा दुई पटक सम्म आएर शरीरमा रगत हालिएको भएपनि समस्या जटिल भएका कारण जिल्लामा उपचारमा सम्भव नभएको स्वास्थ्यकर्मीको भनाई छ । उनका नावालक दुई छोराछोरीलाई गाउँमै आफन्तको जिम्मा लगाएर उपचारका लागि भौतारिहेको पिडितका पति दलवहादुर रेगामीले वताए ।