नेकपाद्धारा डुङ्गेश्वरलाई सावुन वितरण

मातृभूमी संवाददाता । १८ वैशाख दैलेख
नेपाल कम्युनिष्ट पार्टि (नेकपा) डुङ्गेश्वर गाउँपालिकाले गाउँपालिकालाई हात धुने सावुन हस्तान्त्रण गरेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन गाउँपालिकालाई ७१ हजार वढिको हात धुने सावुन हस्तान्त्रण गरिएको नेकपा दैलेखका जिल्ला कमिटि सदस्य खगेन्द्र पुनले वताए ।
नेकपाको तर्फबाट डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष श्याम राना, जिल्ला कमिटि सदस्यहरु गोपाल विसी र खगेन्द्र पुनले संयुक्त रुपमा गाउँपालिकालाई हात धुने सावुन हस्तान्त्रण गरेका हुन् । डुङ्गेश्वर गाउँपालिका दैलेखका अध्यक्ष नगेन्द्र बहदुर मल्ल मार्फत स्वास्थ शाखालाई हात धुने सावुन हस्तान्तरण गरिएको जिल्ला कमिटि सदस्य गोपाल विसीले जानकारी दिए ।
विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्व र देश नै आक्रान्त भैरहेको बेला सबै कुरामा राज्यको मुख ताकेर बस्नु भन्दा पनि सबैले आ–आफ्नो ठाउँबाट हातेमालो गर्नु पर्ने जिल्ला कमिटि सदस्य विसीले वताए । गाउँपालिकालाई हस्तान्त्रण गरिएको सावुनमा ७१ हजार भन्दा वढिको ३ हजार ५ सय ५४ पिस रहेको छ । डुङ्गेश्वर गाउँपालिका स्वास्थ्य शाखा अन्र्तगत महिला स्वयमसेवीका मार्फत गाउँघरमा हात धुने सावुन वितरण गरिने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!