वेतिथि श्रृंखला–२० : सार्वजनिक जग्गामा व्यक्तिको रजाँई

मातृभूमी संवाददाता । १९ वैशाख दैलेख
नारायण नगरपालिका वडा नं. १ स्थित वसपार्क नजिकको जग्गा व्यक्तिले अतिक्रमण गरेको पाईएको छ । जिल्ला अदालतको पछाडिपट्टि वसपार्क देखी वधशाला जाने वाटोमा हिरासिंह थापाको नाममा दर्ता कायम रहेको जग्गासँगै जोडिएको सार्वजनिक जग्गा अतिक्रमण गरिएको हो ।
सो सार्वजनिक जग्गा हिरासिंह थापाले अतिक्रमण गरि घर र पर्खाल निर्माण गरेको नारायण नगरपालिका नापी शाखाले जनाएको छ । जग्गा धनी थापा र सिता कुमारी राना थापाका नाममा नगरपालिकाले २०७७ साल वैशाख १६ गते जारी गरेको पत्र च.नं. २०९७ मा निर्माणको काम तत्काल रोकी नगरपालिकामा सम्पर्क गर्न भनिएको छ ।

रेखांकन गर्दा सार्वजनिक जग्गा ३ मिटर भन्दा वढि नै कव्जा गरेको नगरपालिकाका अमिन लोकेन्द्र केसीको प्रतिवेदनमा उल्लेख गरिएको छ । निर्माण गरिएको घर पहिले नै केहि जग्गा सार्वजनिक रहेको र घरधनी थापाले अझ वढि सार्वजनिक जग्गा अतिक्रमण गरेको नाम नखुलाउने सर्तमा एक स्थानीयले वताए ।

स्थानीयवासीका अनुसार वसपार्क हुँदै रानिधारा जाने वाटोमा थापाले हालसालै पर्खाल निर्माण गर्दै जग्गा अतिक्रमण भएपछि विरोध भैरहेको वुझिएको छ । स्थानियले भने, ‘साढे ७ मिटर रहेको वाटो अहिले झण्डै ४ मिटर मात्र रहेको छ, नगरपालिका किन मौन छ ? के गरिवलाई मात्र नियम कानुन लाग्ने हो ? धनीमानीलाई कानुन लाग्दैन ? यदि यसरी नै सार्वजनिक जग्गा अतिक्रमण गरी घर वनाउन पाईने भए हामी पनि वनाउँछौँ ।’

भैरवी गाउँपालिका दैलेखका निमित्त प्रमुख प्रशासकीय अधिकृत समेत रहेका थापाले सार्वजनिक जग्गा अतिक्रमण गरेपछि सर्वत्र आलोचना समेत भैरहेको छ । नारायण नगरपालिका दैलेखका मेयर रत्नवहादुर खड्काले उक्त घर पहिले नै सार्वजनिक जग्गा अतिक्रमण गरी वनाईएकोले नक्सापास नभएको वताए । मेयर खड्काले भने, ‘अहिले हिरासिंह थापाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेको पर्खाल भत्काउन नगरपालिकाले ताकेता गरिरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *