टेण्डर रद्द गर्न माग, रकमकाे चलखेल भएकाे हुन सक्ने आशंका

फाेटाे क्याप्सन : नेपाल निर्माण व्यवसायी संघ दैलेखले जिल्ला प्रसाशन कार्यालय दैलेखसँग टेन्डर प्रक्रिया वदर गर्न अनुराेध गरेकाे पत्र ।

मातृभूमी संवाददाता । २१ वैशाख दैलेख
कोरोना भाइरसका कारण देश ठप्प भएको बेला दैलेखका दुई वटा नगरपालिकाले बोलपत्र सूचना (टेण्डर) प्रकाशन गरेको भन्दै निर्माण ब्यवसायीहरुले आपत्ति जनाएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रकाशन गरिएको बोलपत्रहरु रद्द गर्न माग गरेका छन् ।
नारायण नगरपालिका र दुल्लु नगरपालिकाले बोलपत्र प्रकाशन गरेका थिए । बोलपत्र प्रकृया बदर गर्न जिल्ला प्रशासन कार्यालय दैलेखमा नेपाल निर्माण ब्यवसायी संघ दैलेखले निखित निवेदन दर्ता गरेको छ । निवेदनमा भनिएको छ, ‘हाल कोरोना भइरसका कारण देश ठप्प भएको कारण सार्वजनिक खरिद अनुगमन कार्यालयबाट मिति २०७६/१२/२५ गतेको पत्रअनुसार लकडाउन अवधिलाई ध्यानमा राखी आवश्यकता अनुसार बोलपत्र दाखिला गर्नुपर्ने भ्याद लकडाउन अवधिभर थप गर्नुपर्ने उल्लेख गरेकोमा नारायण र दुल्लु नगरपालिकाले बोलपत्र दाखिला गर्नुपर्ने भ्याद थप नगरि कलडाउनमा बोलपत्र (टेण्डर) सूचना प्रकृया अगाडी बढाएको हुँदा बदर गर्न भनिएको छ ।’

फाेटाे क्याप्सन : नेपाल निर्माण व्यवसायी संघले टेन्डर प्रक्रिया पुन:सूचना प्रकाशन गर्न सार्वजनिक खरिद अनुगमन समितिलाइ गरेकाे अनुराेध पत्र ।

नेपाल निर्माण व्यवसायी संघ दैलेखका अध्यक्ष पुर्णबहादुर खत्रीले निकालेको विज्ञप्तीमा टेण्डर प्रकृया अघि बढेका सूचना तत्काल बदर गर्नुपर्ने उल्लेख छ । यदि बदर नभए कानुनी प्रकृयामा अघि बढ्ने ब्यवसायीहरुले जनाएका छन् । विद्युतीय खदिर प्राणाली संचालन निर्देशिका २०७४ अनुसार टेण्डर प्रकृयामा प्रतिष्पर्धा संकुचित नहुने गरि आफैमा म्याद थप गर्ने सम्वन्धीमा निर्णय गर्न सवै पालिकाहरुमा सार्वजनिक खरिद अनुगमन कार्यालयले काठमाडौंले पत्राचार समेत गरिसकेको छ । उजुरी उनीहरुको पाटो हो, हामीले पनि ३ पटक म्याद थप गरेको छौं यसभन्दा पछाडी समय कम भएकाले खोलिएको नारायण नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत छवीलाल नेपालीले बताए।यस्तै बैंक खुल्ला रहेको र अनलाईनबाटै ठेक्का प्रक्रियामा सहभागी हुन सक्ने भएकाले निर्माण व्यवसायी संघबाट ठेक्का प्रक्रिया अवरोध गर्न खोज्नु निर्माण व्यवसायीहरूको लागि दुखद कुरा भएको निर्माण व्यवसायी तथा उद्योग वाणिज्य महासंघको दैलेखका महासचिव राजेश कुमार हमालले बताए ।

फाेटाे क्याप्सन : सार्वजनिक खरिद अनुगमन कार्यालयले टेन्डर प्रक्रिया पुन: गर्ने गराउने सम्वन्धी जारी गरेकाे सूचना ।

यस लक डाउनका वेला टेन्डर प्रक्रिया संचालन गर्नुमा केहि रकमको चलखेल भएको हुन सक्ने आशंका निर्माण व्यवसायीले आशंका गरेका छन् । निर्माण व्यवसायी अशोक थापाले विश्वभर कोरोना भाईरस (कोभिड–१९) को प्रकोपले देश नै लक डाउन भएका वेला यसरी स्थानीय तहले टेन्डर प्रक्रिया अगाडी वढाउँदा रकमको चलखेल भएको छ की भन्ने आशंका गरेको वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *