एभरेष्ट क्लवद्धारा सरसफाई सामाग्री वितरण

मातृभूमी संवाददाता । ०१ जेष्ठ दैलेख
एसएनभीको सहयोगमा एभरेष्ट क्लवले सञ्चालन गरेको दिगो र समावेशी ग्रामीण खानेपानी आपूर्ति सेवा परियोजनाले दैलेखका ४ वटा स्थानीयका २६ वडामा एक–एक वटा ‘कनेक्टलेस ह्याण्डवास कर्नर’ बितरण गरेको छ । परियोजनाले यहाँका ठाँटिकाँध, महावु, गुराँस र डुङ्गेश्वर गाउँपालिकाका २६ वडामा कनेक्टलेस ह्याण्डवास कर्नर वितरण गरेको हो ।
खुट्टाले थिचेर धारामा पानी झर्ने भएकोले ‘कनेक्टलेस ह्याण्डवास कर्नर’ कोरोना भाइरस संक्रमण रोकथामका लागि सघाउने उद्देश्ययका साथ परियोजनाको कार्यक्षेत्र महाबु, डुंगेश्वर, ठाँटीकाँध र गुराँस गाउँपालिकाका २६ वडामा वितरण गरिएको वास सुपरभाइजर दिपक रानाले जानकारी दिए ।
नेपाल र भारत दुबै देशमा जारी लक डाउनका कारण रोकिएका नेपालीहरु ठूलो संख्यामा घर आउने निश्चित प्राय भएकोले कार्य क्षेत्रका गाउँपालिकाहरुका वडाहरुमा क्वारेण्टाइन व्यवस्थापन र सरसफाईमा सहयोग पु¥याउन स्थानीय स्तरमा विकसित गरी ‘कनेक्टलेस ह्याण्डवास कर्नर’ दिइएको एभरेष्ट क्लव दैलेखका कार्यकारी निर्देशक कमल खड्काले बताए ।
‘कनेक्टलेस ह्याण्डवास कर्नर’ संगै डस्टबीन, फिल्टर, सावुन लगायतका सरसफाई सम्वन्धी सामग्री दिइएको कार्यकारी निर्देशक खड्काले बताए । उक्त सामग्रीहरु दिगो र समावेशी ग्रामीण खानेपानी आपूर्ति सेवा परियोजनाको करिव ९ लाख बराबरको लागतमा दिइएको कार्यकारी निर्देशक खड्काले जानकारी दिए ।
यो प्रविधि नयाँ भएकोले गाउँपालिकाहरुले पनि यस्तो ‘कनेक्टलेस ह्याण्डवास कर्नर’ आफैले पनि किन्ने तयारी गरेको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओली बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *