दैलेखका पत्रकारको स्वाब संकलन

मातृभूमी संवाददाता । ०४ जेष्ठ दैलेख
दैलेख जिल्लामा कार्यरत पत्रकारहरुको नोजल स्वाब संकलन गरिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले पत्रकारहरुको नोजल स्वाब संकलन गरेको हो । नेपाल पत्रकार महासंघ शाखा दैलेखले पत्रकारहरु समाचार संकलनको क्रममा फिल्डमा खटिने भएकाले उनीहरुको कोरोना परीक्षण गरिदिन स्वास्थ्य सेवा कार्यालय दैलेखलाई अनुरोध गरेको थियो ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरन्जन पन्तका अनुसार आईतबार १८ जना पत्रकारको स्वाब संकलन गरिएको छ । संकलित स्वाबहरु कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको कोरोना प्रयोगशाला पठाईने डा. पन्तले बताए । ‘संकलिन स्वाबको रिपोर्ट छिट्टै आइपुग्नेछ’ पन्तले भने, ‘बाँकी छुटेका पत्रकारहरुको पनि स्वाब संकलन गरेर परीक्षण गरिनेछ ।’
पत्रकारहरुमा कोरोना छ कि छैन भनेर १० वटै जिल्लावाट स्वाब संकलन गरेर परीक्षण गरिरहेको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रि दल रावलले जानकारी दिए । उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीले कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका रहेको भन्दै प्रशंसा समेत गरे ।
दैलेखमा हालसम्म झण्डै २०० जनाको स्वाब संकलन गरिएको छ । यो मध्य धैरैको रिपोर्ट नेगेटिभ आएको र केहिको रिपोर्ट आउन बाँकी रहेको छ । दैलेखमा अव द्रुत गतिमा स्वाब संकलन कार्य गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!