नेपालको नयाँ क्षेत्रफल अव गुगलमा पनि

मातृभूमी संवाददाता । १० जेष्ठ काडमाण्डौ
गुगलले नेपालको नयाँ क्षेत्रफल देखाएको छ । नेपालले आधिकारिक रुपमा नेपालको भू–भाग लिम्पियाधुरा, कालापनी र लिपुलेकसम्म भएको नक्शा सार्वजनिक गरेसँगै गुगल सर्च इञ्जिनले नेपालको नयाँ क्षेत्रफल देखाउन थालेको हो । गुगलमा एरिया अफ नेपाल भनेर सर्च गर्दा १ लाख ४७ हजार ५१६ वर्गकिलो मिटर क्षेत्रफल देखाउँछ ।
नेपालले गत बुधबार (जेठ ७) मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा सार्वजनिक गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले उक्त नक्शा सार्वजनिक गरेकी थिइन् । नक्शामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्र्तराष्ट्रिय सीमा सहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ ।
यसअघि जेठ ५ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा पारित गर्दै सार्वजनिक गर्ने निर्णय गरेको थियो । गत जेठ २ गते सरकारले नीति तथा कार्यक्रम संसदमा पेश गर्दा पनि भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत भू–भाग समेटेर नयाँ नक्शा जारी गर्ने घोषणा गरेको थियो ।
यसअघि भारतले नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक बनाएपछि सर्वत्र आक्रोश चुलिएको छ । नेपाल सरकारले भारतको उक्त कदमप्रति आपत्ति जनाउँदै कूटनीतिक नोट समेत पठाएको थियो । गुगलले देखाएको उक्त क्षेत्रफल विकीपिडियाको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *