कर्णालीका थप तिन जनाको कोराना रिर्पाेट शंकास्पद, नेपालगंजमा थप परिक्षण गरिदै

मातृभूमी संवाददाता । १० जेष्ठ दैलेख
कर्णालीका थप तिन जनाको स्वाब परिक्षण गर्दा पिसिआर रिर्पाेट शंकास्पद देखिएको छ । सुर्खेतमा गरिएको स्वाब परीक्षण रिपोर्टमा थप तीन जनाको रिर्पाेट शंकास्पद आएको हो । भारतबाट केही दिन पहिले सुर्खेत आएका उनीहरुको पीसीआर रिपोर्ट शंकास्पद आएपछि पुनःपरीक्षणका लागि नेपालगञ्ज पठाइएको छ ।
बिहीबार बबई नाकामा गरिएको आरडीटी परीक्षणमा पोजेटीभ रिपोर्ट आएका १३ जना मध्ये तीन जनाको पीसीआर रिपोर्ट शंकास्पद आएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए । उनका अनुसार दुई जनालाई शुक्रबार साँझ नै प्रदेश अस्पताल कालागाउँको आइशोलेसन कक्षमा राखिएको छ । तीनै जनाको पुनःपरीक्षण रिपोर्ट आज दिउसोसम्म आइसक्ने सामाजिका विकास मन्त्राललयका जनस्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मी नारायण तिवारीले बताए । उनका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
तीन जनाको ट्राभल्स हिष्ट्रीमा कति जना आएका थिए भन्ने खोजीमा मन्त्रालय जुटेको छ । बराहतालका उनीहरुलाई नेपाली सेनाको खुला मञ्चस्थित क्वारेन्टाइनमा राखिएको थियो । कर्णालीमा यसअघि दैलेख आठविसका एक जनामा कोरोना पुष्टी भएपछि थप उपचारका लागी प्रदेश अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *