सुर्खेतका तिन जनामा कोरोना संक्रमण पुष्टि, कर्णालीमा संक्रमितको संख्या चार

मातृभूमी संवाददाता । १० जेष्ठ दैलेख
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । गत सोमबार दैलेखका १ जनामा कोरोना पुष्टी भएको थियो । बिहीबार भारतबाट आएका १५ नेपालीमा आरडीटी पोजिटिभ देखिएको थियो । प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ३ जनाको रिपोर्ट पोजिटिभ देखिएपछि पुनःपरिक्षणका लागि नेपालगञ्ज पठाइएपछि त्यहाँ पनि पिसीआर पोजेटिभ देखिएको हो ।
‘आरडीटी गर्दा पोजिटिभ देखिएका मध्ये ३ जनाको सुर्खेत र नेपालगञ्जमा पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको छ,’ प्रदेश अस्पताल सुर्खेतका निर्देशक डम्बर खड्काले भने, ‘पीसीआरमा पोजिटिभ देखिएका ३ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।’
बिहीबार भारतबाट फर्किएका १६ सय नागरिकमध्ये बबईमा ७ सय ४० जनाको आरडीटी गरिएको थियो । डाक्टर खड्काका अनुसार पोजेटिभ रिपोर्ट आएका २२ वर्षकी महिला, २५ र ३२ वर्षका पुरुष तीनै जना सुर्खेतका हुन् । अहिलेसम्म चारै जनाको उपचार प्रदेश अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *