दैलेखका थप ५ जनाको कोराना रिर्पाेट शंकास्पद, थप परिक्षणका लागि नेपालगंज पठाईयो

मातृभूमी संवाददाता । ११ जेष्ठ दैलेख
दैलेखका थप ५ जनाको स्वाब परिक्षण गर्दा पिसिआर रिर्पाेट शंकास्पद देखिएको छ । उनीहरुको आरडिटी जाँच गर्दा पोजेटिभ भेटिएपछि प्रदेश अस्पताल सुर्खेतमा पठाईएको थियो । प्रदेश अस्पतालमा गरिएको पिसिआरमा पनि रिर्पोट पोजेटिभ देखिएको र थप परीक्षणका लागि नेपालगंज पठाईएको वुझिएको छ ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार शंकास्पद मध्ये २ जना नारायण नगरपालिका र ३ जना डुंगेश्वर गाउँपालिकाका व्यक्ति रहेका छन् । यसअघि दैलेखमा पोजेटिभ भेटिएका कर्णाली प्रदेशका पहिलो कोरोना संक्रमितको प्रदेश अस्पतालमा पिसिआर जाँच गर्दा रिर्पाेट पोजेटिभ देखिएपछि नेपालगंज पठाई पुष्टि गरिएको थियो ।
शुक्रवार भारतवाट दैलेख आईपुगेका २ सय ४५ जनाको आरडिटी जाँच गर्दा ति ५ जनाको रिर्पाेट पोजेटिभ भेटिएको थियो । शंकास्पद ति ५ जनालाई दैलेख अस्पतालको आईसोलेसनमा राख्ने तयारी गरिएको छ । स्वास्थ्यकर्मीका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *