दैलेख उद्योग वाणिज्य संघद्धारा विपद् कोषमा रकम हस्तान्तरण

मातृभूमी संवाददाता । १५ जेष्ठ दैलेख
दैलेख उद्योग वाणिज्य संघले जिल्ला दैवी प्रकोप तथा विपद् व्यवस्थापन समितिलाई रकम हस्तान्तरण गरेको छ । जिल्ला दैवी प्रकोप तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई संघका अध्यक्ष कुलवहादुर विकले ५१ हजार १ सय रकम हस्तान्तरण गरेका हुन् । उक्त सहयोग रकममा संघका कोषाध्यक्ष शन्देस श्रेष्ठ (शैलेस) ले व्यक्तिगत ११ हजार रकम थप गरेको जनाईएको छ ।
रकम हस्तान्तरण गर्दै दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलवहादुर विकले अहिलेको यस विषम परिस्थितिमा दैनिक हजारौँको संख्यामा भारतवाट मानिसहरु भित्रि रहेकोले कोरोना संक्रमणको भयाभहको अवस्थालाई मध्यनजर गर्दै पिपिई र स्वास्थ्य सामाग्री खरिदका लागी उक्त रकम हस्तान्तरण गरिएको वताए ।
मानवीय विपदको घडीमा देशमा कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम, रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको पहलकदमीलाई साथ दिन उक्त रकम सहयोग गरेको संघका कोषाध्यक्ष श्रेष्ठले वताए । कोरोनाको जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संस्थाले संस्थागत र व्यक्तिगत सामाजिक उत्तरदायित्व सम्झेर सरकारले निर्धारण गरेको कोषमा जम्मा हुने गरी प्रदान गरिएको कोषाध्यक्ष श्रेष्ठले वताए ।
रकम वुझ्दै दैलेखका प्रमुख जिल्ला अधिकारी युवाराज कटेलले अहिलेको विषम घडिमा यति ठुलो रकम जम्मा गरिदिएकोमा उद्योग वाणिज्य संघ परिवारलाई धन्यवाद दिएका छन् ।
रकम हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी हरिवहादुर वली, सहायक प्रमुख जिल्ला अधिकारी ईन्द्रवहादुर क्षेत्री, रेडक्रस सोसाईटि दैलेखका सभापति खेमराज केसी, दैलेख अस्पतालका प्रमुख डा. निराजन पन्त, जिल्ला समन्वय समिति दैलेखका समन्वय अधिकारी पदम सापकोटा, जिल्ला प्रशासन कार्यालय दैलेखका नायव सुव्वा तिलक न्यौपाने, सोसेकका प्रतिनिधी प्रभा विक, दैलेख उद्योग वाणिज्य संघका महासचिव राजेश कुमार हमाल, कोषाध्यक्ष सन्देश श्रेष्ठ (शैलेस) लगाएतको उपस्थीति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *