दैलेखका थप ८ जनामा कोरोना संक्रमण, कर्णालीमा संक्रमितको ४६ पुग्यो

मातृभूमी संवाददाता । १५ जेष्ठ दैलेख
कर्णाली प्रदेशमा कोरोनाभाइरस संक्रमितको संख्या ४६ पुगेको छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले विहिवार जारी गरेको प्रेस विज्ञप्तिमा थप ८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । थप ८ जना संक्रमित सवै दैलेको नारायण नगरपालिकाका रहेका छन् ।
संक्रमण हुनेमा दैलेखको नारायण नगरपालिका १ का २६ वर्षिया पुरुष, सोहि नगरपालिका ३ का १९, ३०, ३६ र ४० वर्षिया पुरुष यसैगरी नारायण नगरपालिका ४ का १ वर्षिया वालक र सोहि वडाका २० वर्षिया महिला रहेकी छन् । यस्तै नारायण नगरपालिका ५ का १७ वर्षिया पुरुषमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या ४६ पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *