दैलेखका थप १४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३० पुग्यो

मातृभूमी संवाददाता । १७ जेष्ठ दैलेख
दैलेखमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या ३० पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परिक्षण गर्दा दैलेखका थप १४ जनाको रिर्पाेट पोजेटिभ देखिएको हो । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार पोजेटिभ हुनेमा १७ देखि ५० बर्ष उमेर समुहका व्यक्ति रहेका छन् । उनीहरू सबै दैलेखका हुुुन् । पोजेटिभ देखिएका उनीहरु सबै केहि दिन अघि भारतबाट आएका हुन् ।

सुर्खेतबाट पठाइएको १ हजार ४० जनाको स्वाब परिक्षणको प्रारम्भिक परिक्षणमा नै १४ जनामा पोजेटिभ देखिएको थियो । दैलेखका १४ जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ३० पुगेको छ । यो सँगै कर्णालीमा ६० पुगेको छ । यसअघि ४६ जनामा संक्रमण पुष्टि भएकोे थियो ।
संक्रमित सवै नारायण नगरपालिकाका हुन् । नारायण नगरपालिका २ का २५ वर्षिया पुरुष, ३ का ३० वर्षिया पुरुष, ४ का २५, २८ र ३५ वर्षिया पुरुष, ६ का ४१ वर्षिया पुरुष, ८ का २०÷२० वर्षिया पुरुष, ९ का २३ र ५० वर्षिया पुरुष, १० का १७ र २२ वर्षिया पुरुष र वडा नं. ११ का १८ र २७ वर्षिया पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । दैलेख नारायण नगरपालिकामा यसअघि विभिन्न चरणमा गरि १६ जनामा संक्रमण देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *