दैलेखको चामुण्डा र नौमूलेमा पहिलो संक्रमि भेटिए

मातृभूमी संवाददाता । २० जेष्ठ दैलेख
कर्णाली प्रदेशमा कोरोनाभाइरस संक्रमितको संख्या २ सय ३३ पुगेको छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सोमवार साँझ सवा ५ वजेर १३ मिनेट जाँदा जारी गरेको प्रेस विज्ञप्तिमा सर्खेत, दैलेख र सल्यानमा नयाँ ३४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । संक्रमित हुनेमा दैलेखका ९ जना रहेका छन् । यहाँको चामुण्डा विन्द्रासैनी नगरपालिकाका ४५ वर्षिया पुरुष र नौमूले गाउँपालिकाका २८ वर्षिया पुरुषमा पहिलो पटक संक्रमणको पुष्टि भएको छ ।
अन्य संक्रमितहरु दैलेखको नारायण नगरपालिका १ का १७ र १९ वर्षिया पुरुष, सोहि नगरपालिका ३ का २७, ३० र ३१ वर्षिया पुरुष यसैगरी नारायण नगरपालिका ८ का १७ र २३ वर्षिया पुरुष रहेका छन् । यस्तै सुर्खेतका १३ जना पुरुष र ३ जना महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको छ । यसैगरी कर्णाली प्रदेशको सल्यानका ९ जना पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो । यो संगै कर्णाली प्रदेशमा संक्रमितको संख्या २ सय ३३ पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *