दैलेखका थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ५
मातृभूमी संवाददाता । २१ जेष्ठ दैलेख
दैलेखका थप ७ जनामा कोरोना संक्रमित थपिएका छन् । यो सँगै दैलेखका कोराना भाईरस (कोभिड–१९) वाट संक्रमित हुनेको संख्या १ सय ५ पुगेको छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले वुधवार दिउँसो १२ वजेर ५५ वजेर जाँदा जारी गरेको प्रेस विज्ञप्तिमा दैलेखका थप ७ जनामा कोरोना संक्रमणको पुष्टि गरेको छ ।
संक्रमित हुनेमा दैलेखको दुल्लु नगरपालिका २ का १७ वर्षिया पुरुष, नौमूले गाउँपालिका ८ का २८ वर्षिया पुरुष र नारायण नगरपालिका २ का २०, २४, २५, २५ र ३० वर्षिया पुरुषमा संक्रमणको पुष्टि भएको हो । यस्तै सल्यानका २ जना पुरुष र कालिकोटका ५ जना पुरुष १ महिला र १ ४ महिनाका वालकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका नयाँ भएको पुष्टि भएको छ । यो संगै कर्णाली प्रदेशमा संक्रमित हुनेको संख्या २ सय ७८ पुगेको हो ।