दैलेखमा एकै दिन १ सय १३ जनामा कोरोना संक्रमण, कहाँ कति (विस्तृत विवरण)

मातृभूमी संवाददाता । २२ जेष्ठ दैलेख
दैलेखका थप १ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै दैलेखमा कोराना भाईरस (कोभिड–१९) वाट संक्रमित हुनेको संख्या २ सय १८ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा दैलेखका थप १ सय ५ र सुर्खेतमा गरिएको परिक्षणमा ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मिनारायण तिवारीले विहिवार दिउँसो २ वजेर ५० मिनेट जाँदा जारी गरेको प्रेस विज्ञप्तिमा जुम्लामा गरिएको परिक्षणमा दैलेखका थप १ सय ५ र सुर्खेतमा गरिएको परिक्षणमा थप ८ जनामा कोरोना संक्रमणको पुष्टि गरिएको छ ।
संक्रमित हुने सवै दैलेखको नारायण नगरपालिकाका हुन् । दैलेखको नारायण नगरपालिका वडा नं. १ का २२ वर्षिया पुरुष, वडा नं. २ का १३, १७, १८, २०, २०, २०, २२, २२, २३, २४, २७, ३२, ३२, ३३, ३४, ३५, ४०, ४०, ४४, ४७ वर्षिया पुरुष र ३२ वर्षिया महिला, वडा नं. ३ का ८, १३, १७, २०, २०, २१, २३, २३, २३, २५, २५, ३०, ३५, ३५ वर्षिया पुरुष र २९ वर्षिया महिला, वडा नं. ५ का १८, १८, १८, २०, २२, ३८ वर्षिया पुरुष रहेका छन् । यस्तै नारायण नगरपालिका वडा नं. ६ का ४, २१, २३, २३, २६, २७, २८, ३०, ४६, ५०, ५५ वर्षिया पुरुष र ५, २४, २७ वर्षिया महिला रहेका छन् ।
यसैगरी नारायण नगरपालिका वडा नं. १० का २, १९, २१, २४, ३३, १९, २१, २७, ३२, ४४ वर्षिया पुरुष, वडा नं. ११ का १७, १८, १८, १८, १८, २०, २०, २२, २२, २४ वर्षिया पुरुष, वडा नं. ४ देवलकाँडाका १३, १६, १७, १८, १८, १९, १९, २२, २४, २७, २८, २८ वर्षिया पुरुष यस्तै मालटाकुराका १७, १७, १८, २४, २८, ३० वर्षिया पुरुषमा कोरोना भाईरसको संक्रमणको पुष्टि भएको हो । यता नारायण नगरपालिका वडा नं. ९ साँडुमा १८, ५२ वर्षिया पुरुष, नारायण नगरपालिका वडा नं. ४ सोतमा १७, १८, १८, २०, २३, ३०, ३२, ३६, ४० वर्षिया पुरुष संक्रमण देखिएको हो ।
यस्तै नौमूले गाउँपालिका वडा नं. १ मा २१ र २३ वर्षिया पुरुष, २१, २३, ३६ वर्षिया पुरुषमा कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मिनारायण तिवारीले विहिवार दिउँसो २ वजेर ५० मिनेट जाँदा जारी गरेको प्रेस विज्ञप्तिमा जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *