पाल्पाको पुर्वखोला गाउँपालिकाले गर्याे कोरोना विमा

मातृभूमी संवाददाता । २२ जेष्ठ दैलेख
पाल्पाको पुर्वखोला गाउँपालिकाले कोरोना विमा गरेको छ । गाउँपालिकाले आफ्नो गाउँपालिकाभरि रहेका जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको कोरोना विमा गरेको हो । गाउँपालिकाले प्रतिव्यक्ति एक लाखका दरले १ सय ९७ जनाको कोरोना विमा नेको ईन्सूरेन्स लिमिटेड दैलेख शाखा मार्फत गरेको हो । विश्वव्यापि महामारिका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै व्यक्ति संघसंस्थाले कोराना बीमा गर्न थालेका हुन् ।
सबैलाइ कोराना बीमा गर्न सचेत गराउँदै आएको नेको ईन्सुरेन्समा प्रति व्यक्ति एक लाख रुपैयाँ बराबरको बीमा गरेको नेको इन्सुरेन्स लिमिटेड दैलेखका शाखा प्रमुख चेतन थापाले वताए । उनका अनुसार हाल सम्म दैलेखका ३ घरधुरीका परिवार सहित दैलेखमा विगत लामो समय देखी ईन्टरनेटको सुविधा दिदै आएको एभरेष्ट वायरलेस नेटवर्क प्रालिले आफ्ना ३२ जना कर्मचारीको समेत कोरोना विमा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *