दैलेखका पत्रकारको सामुहिक कोरोना विमा

मातृभूमी संवाददाता । २३ जेष्ठ दैलेख
दैलेखका पत्रकारको सामुहि कोराना विमा गरिएको छ । दैलेख जिल्लामा संचालित संचार माध्याम र ति संचार माध्याममा कार्यरत पत्रकार तथा संचारकर्मीको सामुहिक कोरोना विमा गरिएको हो । नेपाल पत्रकार महासंघ दैलेखको समन्वयमा नेपालमा माहामारीका रूपमा फैलिएको कोरोना भाईरसले विश्व नै आक्रान्त बनेको अवस्थामा जनतालाई सूचना प्रवाह गर्दै जनचेतना फैलाईरहेका जिल्लामा कार्यरत पत्रकारको कोरोना विमा गरिएको महासंघ दैलेखका अध्यक्ष चक्र केसीले वताए ।
स्थानिय तथा राष्ट्रिय मिडियामा कार्यरत पत्रकारहरूको ४८ लाखको कोरोना विमा गरिएको छ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल पत्रकार महासंघ दैलेख शाखा विमालेख धारक रहने गरी विमा सम्झौता गरिएको कम्पनीका सुर्खेत शाखा प्रमुख राकेश विसीले वताए । शाखा प्रमुख विसिका अनुसार विमा गरीएको १५ दिन पछि सक्रिय हुने र १५ दिन पछि कोरोना पोजेटिभ रिर्पाेट आए प्रति व्यक्ति रू. १ लाख उपचार खर्च वापत प्राप्त गर्ने छन् ।
नेपाल पत्रकार महासंघ धारक वनी दैलेखका ४८ जना पत्रकारको कोराना विमा गरेकोमा पत्रकार तथा संचारकर्मीहरु खुसी भएका छन् । रेडियो ध्रुवतारा एफ.एम. दैलेखमा कार्यरत निर्मला थापाले महासंघले गरेको कार्यको प्रशंसा गर्दै अहिलेको विषम परिस्थीतिमा घर भन्दा वाहिर रहेर काम गरिरहँदा अभिभावकत्व महसुस गरेको वताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *