दैलेखका थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ सय ५५ पुग्यो

मातृभूमी संवाददाता । २५ जेष्ठ दैलेख
दैलेखको भैरवी गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । दैलेखको भैरवी गाउँपालिकाका २ जनामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण देखीसँगै संक्रमित हुनेको संख्या ३ सय ५५ पुगेको छ । सुर्खेतमा गरिएको परिक्षणमा भैरवी गाउँपालिकाका २ र चामुण्डाविन्द्रासैनी नगरपालिकाका १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मिनारायण तिवारीले आईतवार दिउँसो २ वजे जारी गरेको प्रेस विज्ञप्तिमा सुर्खेतमा गरिएको परिक्षणमा दैलेखका थप ३ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि गरिएको छ ।
संक्रमित हुनेमा दैलेखको भैरवी गाउँपालिका वडा नं. ४ का १७ वर्षिय वालक र वडा नं. ५ का ३५ वर्षिय पुरुष तथा चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ४ का ११ वर्षिय वालक रहेका छन् । दैलेखमा यस अघि ३ सय ५२ जनामा कोरोना भाईरसको संक्रमण देखिएको थियो । ति सक्रमित मध्ये २१ जना महिला र ३ सय ३१ जना पुरुष रहेका छन् । दैलेख जिल्लाको ठाँटिकाँध गाउँपालिका र भगवतिमाई गाउँपालिकामा अहिले सम्म कोरोना भाईरसको संक्रमण देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *