दैलेखका थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ सय ८६ पुग्यो
मातृभूमी संवाददाता । २९ जेष्ठ दैलेख
दैलेखका थप २५ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै दैलेखमा कोराना भाईरस (कोभिड–१९) वाट संक्रमित हुनेको संख्या ३ सय ८६ पुगेको छ । सुर्खेतमा गरिएको परिक्षणमा दैलेखका थप २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मिनारायण तिवारीले वुधवार दिउँसो २ वजेर ५० मिनेट जाँदा जारी गरेको प्रेस विज्ञप्तिमा सुर्खेतमा गरिएको परिक्षणमा दैलेखका थप २५ जनामा कोरोना संक्रमणको पुष्टि गरिएको छ ।
संक्रमित हुने दैलेखको डुङ्गेश्वर गाउँपालिकाका हुन् । दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. १ का १६ वर्षिय पुरुष, वडा नं. २ का १७, १९, ३१, ४२ वर्षिय पुरुष, वडा नं. ३ का ५० वर्षिय पुरुष, वडा नं. ४ का १४, १८, १८, १८, १९, २२, २४, २५, ३६, ३९, ३९ वर्षिय पुरुष र १८ र २३ वर्षिया महिला रहेका छन् । यस्तै डुङ्गेश्वर गाउँपालिका वडा नं. ५ का १९, २०, २२, २३, २५, ३० वर्षिय पुरुष कोरोना संक्रमणको पुष्टि भएको छ ।
यसैगरी कर्णालीमा बुधबार थप ३७ जना नयाँ संक्रमित भेटिए सँगै कर्णालीमा ७ सय ८ पुगेको छ । बुधबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना थपिएको जनाइएको छ । मंलबारसम्म संक्रमितको संख्या ६७१ पुगेको थियो । बुधबार ३७ जना नयाँ संक्रमित भेटिएपछि कर्णालीमा कोरोना संक्रमितको संख्या ७०८ पुगेको हो । कोरोना संक्रमणबाट दैलेख, सुर्खेत र डोल्पाका एक÷एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँगै कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । बुधबार मात्र सुर्खेतका ९ जना, दैलेखका २५ जना र जाजरकोटका ३ जना नयाँ संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए । ३७ जनाकै पीसीआर प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा जाँच गरिएको हो ।