दैलेखका थप ४८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय ३४ पुग्यो

मातृभूमी संवाददाता । ३० जेष्ठ दैलेख
दैलेखका थप ४८ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै दैलेखमा कोराना भाईरस (कोभिड–१९) वाट संक्रमित हुनेको संख्या ४ सय ३४ पुगेको छ । सुर्खेतमा गरिएको परिक्षणमा दैलेखका थप ४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मिनारायण तिवारीले विहिवार दिउँसो २ वजेर ३४ मिनेट जाँदा जारी गरेको प्रेस विज्ञप्तिमा सुर्खेतमा गरिएको परिक्षणमा दैलेखको भगवतिमाई गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमण देखिएको छ ।
संक्रमित हुने दैलेखको डुङ्गेश्वर र भगवतिमाई गाउँपालिकाका हुन् । दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. १ का १ वर्षिय वालक सहित १५, २१, २३, २३, २६, २६, २८, २९ वर्षिय पुरुष र २०, २१ वर्षिया महिला रहेका छन् । यस्तै वडा नं. ३ का ४४ वर्षिय पुरुष, वडा नं. ४ का १८, २०, २०, २५, २६, ३०, ३७, ४५ वर्षिय पुरुष यसैगरी डुङ्गेश्वर गाउँपालिका वडा नं. ५ का १८ वर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । उता डुङ्गेश्वर गाउँपालिका ६ का ६ महिना र ३ वर्षका वालक सहित १५, १८, २२, २२, २८, २८, ३०, ३१, ३२, ३३, ३३, ३६, ४५, ५० वर्षिय पुरुष र ३३ र ५० वर्षका महिलामा समेत कोरोना संक्रमणको पुष्टि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले गरेको छ ।
यसैगरी दैलेखको भगवतिमाई गाउँपालिकाको वडाभैरवका २१, २३, २४, २४, ३८ र ५० वर्षिय पुरुष तथा रुममा १७ र २४ वर्षिय पुरुष र तुर्सुमा ३० वर्षिय पुरुषमा कोरोना भाईरस (कोभिड–१९) का नयाँ संक्रमित फेला परेका छन् । यो सँगै कर्णाली प्रदेशमा ५५ जना नयाँ संक्रमित भेटिए सँगै कर्णालीमा ७ सय ६३ पुगेको छ । ५५ जनाकै पीसीआर प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा जाँच गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *