नारायण नगरपालिकाकाे १ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र संञ्चालन
मातृभूमी संवाददाता । १ असार दैलेख
नारायणनगरपालिकाको कुईकानामा आधारभूत स्वास्थ्य सेवा केन्द्र संञ्चालनमा आएको छ । नगरपालिकाको वडा नं. १ को वालभैरव आधारभुत विद्यालयमा आधारभूत स्वास्थ्य सेवा केन्द्र संञ्चालनमा ल्याईएको वडाध्यक्ष तिर्थनारायण श्रेष्ठ (ध्रुव) ले जानकारी दिए । नगरपालिकाको ५ लाखको लागतमा स्वास्थ्य सेवा केन्द्र संचालनमा ल्याईएको हो । लकडाउनका कारण गाउँबाट नागरिकहरुलाई सदरमुकाम आउजाउ गर्न कठिनाई हुने भएकोले समुदाय स्तरमै एक जना अहेव तत्कालका लागी सेवा दिन थालेका छन् ।
स्वास्थ केन्द्रमा ४४ प्रकारका औषधी सहितको व्यवस्था गरिएको छ । स्वास्थ्य केन्द्र घर नजिकै भएकोले आफुुुुहरुलाई सामान्य रोगको उपचार गर्न सहज हुने स्थानीयको भनाई छ । १३ लाख ६० हजार लागत रकममा स्वास्थ्य केन्द्रको भवन बन्ने तयारी गरिएको छ । अहिले बालभैरव आधारभूत विद्यालय कुईकानामा स्वास्थ केन्द्र संञ्चालन गरिको छ ।