कर्णालीमा कोरोना जित्नेको संख्या ४ सय ९४ पुग्यो

मातृभूमी संवाददाता । ०४ असार दैलेख

कर्णालीका क्वारेन्टाईन र आईसोलेसनवाट कोरोना जितेर घर फर्किनेहरु वढिरहेका छन् । सामाजिका विकास मन्त्रालयका अनुसार हालसम्म कर्णाली प्रदेशका ४ सय ९४ जना कोरोना संक्रमितहरु क्वारेन्टाईन र आइसोलेसनबाट डिस्चार्ज भएका हुन् । बुधबारमात्रै दैलेखको महावु गाउँपालिकाको आइसोलेसनबाट एकसय ६ जना, नारायण क्याम्पस, जिल्ला अस्पतालको आइसोलेसनबाट ४३ जना र प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनबाट तीन जना गरी कुल १ सय ५२ जना डिस्चार्ज भएका छन् । कर्णाली प्रदेशमा हालसम्म ४ जनाको मृत्यु भएको छ ।
प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४ पुगेको छ । जसमध्ये बुधबारमात्रै थप १८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । सुर्खेत, दैलेख र कालिकोटका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका लक्ष्मिनारायण तिवारीले जानकारी दिएका छन् ।
वुधवार थपिएका संक्रमितमध्ये सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ५, लेकबेशी नगरपालिका वडा नं. ३, दैलेखको भैरवी गाउँपालिका वडा नं. ७ र भगवतिमाइ गाउँपालिका वडा नं. ७ का एक÷एक जना रहेका छन् । त्यस्तै सान्नीत्रिवेणी गाउँपालिका वडा नं. २ मा ७ जना, वडा नं. ३ मा ६ जना र वडा नं. ५ मा एक जना रहेको महाशाखा प्रमुख तिवारीले जानकारी दिए । दैलेख र सुर्खेतका प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कालिकोटका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गर्दा संक्रमणको पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *