दैलेखका थप ८७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ सय २१ पुग्यो

मातृभूमी संवाददाता । ४ असार दैलेख
दैलेखका थप ८७ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै दैलेखमा कोराना भाईरस (कोभिड–१९) वाट संक्रमित हुनेको संख्या ७ सय २१ पुगेको छ । सुर्खेतमा गरिएको परिक्षणमा दैलेखका थप ८७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । दैलेख अस्पतालका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले दिएको जानकारी अनुसार दैलेखका थप ८७ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमित हुने दैलेखको दुल्लु नगरपालिकाका २ जना, चामुण्डाविन्द्रासैनी नगरपालिकाका २ जना, भैरवी गाउँपालिकाका १ जना, महावु गाउँपालिकाका ७६, र गुराँस गाउँपालिकामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको फोकल पर्सन रेग्मीले वताए ।
विस्तृत रुपमा पालिका सहित हेर्नुहोस्…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!