दैलेखमा पिसिआर मेशिन आयो, केहि दिनमै परिक्षण सुरु गरिने

मातृभूमी संवाददाता । ०५ असार दैलेख
कर्णाली प्रदेशको दैलेखमा सवैभन्दा वढि कोरोना संक्रमित देखिएसंगै कोरोना परीक्षणका लागि पिसिआर मेसिन ल्याईएको छ । एक करोड ६ लाखको लागतमा शुक्रवार दैलेखमा पिसिआर मेशिन दैलेख ल्याईएको हो । सरकारद्वारा कोरोनाको परीक्षणमा ढिलाई भएपछि दैलेख निर्वाचन क्षेत्र नं. १ को निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषको रकमवाट पिसिआर मेशिन ल्याईएको दैलेख क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य रविन्द्रराज शर्माले वताए । कोरोनाको संक्रमण दिन प्रतिदिन वढ्न थालेपछि दैलेखी जनताको स्वास्थ्यको ख्याल राख्दै मेशिन ल्याइएको प्रतिनिधि सभा सदस्य शर्माले वताए ।
कर्णाली प्रदेशमा संक्रमणको जोखिम वढेको र परिक्षण मेशिन कम भएकाले कोरोना परिक्षणको रिपोर्ट ढिलो आउने गरेकाले दैलेखमा मेशिन आवश्यक रहेको प्रतिनिधि सभा सदस्य शर्माले वताए । प्रतिनिधि सभा सदस्य शर्माका अनुसार केन्द्रिय निर्देशक समितिको निर्णय अनुसार निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषवाट एक हजार किट र पिसिआर मेशिन ल्याउन सफल भएको हो ।
केहि दिनमै मेशिन जडान गरी दैनिक तीन सय जनाको परिक्षण हुने प्रतिनिधि सभा सदस्य शर्माले वताए । ५५ हजार घरधुरी रहेको दैलेखका वस्तीलाई परिक्षण्को दायरा वढाई निर्मूलीकरण गरिने प्रतिनिधि सभा सदस्य शर्माको भनाई छ । नारायण नगरपालिका दैलेखले मेशिन खरिदको लागि टेण्डर गरेसंगै मेशिन ल्याउने पक्रिया छिटो छरितो भएको हो । ‘माहामारीको चपेटामा परेको दैलेखमा परिक्षण मेशिन आएसंगै जिल्लावासीमा कोरोना संक्रमणवाट सुरक्षित छौं भन्ने आभाष हुनेछ’ प्रतिनिधि सभा सदस्य शर्माले भने, ‘अव दैलेखी जनता धरै आत्तिहाल्नुपर्ने स्थिती केहि हदसम्म हट्नेछ यसमा सवैले साथ दिन जरुरी देखिन्छ ।’
एक हाजार किटले मात्र नपुग्ने वताउँदै प्रतिनिधि सभा सदस्य शर्माले अव प्रदेश, केन्द्र र अन्य सहयोगी निकायसंग समन्वय गरेर किटको लागि पहल गर्ने वताए । यसमा पत्रकार राजनीतिककर्मी संघ संस्था लगाएत जिल्लावासी महत्वपूर्ण सहयोगको अपेक्षा रहेको प्रतिनिधि सभा सदस्य शर्माले वताए । जिल्लावासीको लागि आफु हरदम तयार रहेको वताउँदै प्रतिनिधि सभा सदस्य शर्माले आम नागरिक नआत्तिकन आफ्नो स्वास्थ्यको ख्याल राख्न अनुरोध गरे ।
कोरोना रिर्पोट ढिला आएकाले क्वारेन्टाइनमा वढि विवाद भएका वेला दैलेखमा पिसिआर मेशिन ल्याइनुमा दैलेखी जनताको लागि खुसीको कुरा भएको नौमूले गाउँपालिकाका अध्यक्ष भदे वुढाले वताए । दैलेखमा पिसिआर मेशिन आएसंगै अव जनतालाई सान्त्वना दिन पनि सजिलो भएको अध्यक्ष वुढाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *