दैलेखका पत्रकारलाई सुरक्षा सामाग्री प्रदान

मातृभूमी संवाददाता । ०६ असार दैलेख
दैलेखका क्रियाशिल पत्रकारहरुलाई सुरक्षा सामाग्री प्रदान गरीएको छ । नेपाल पत्रकार महासंघ दैलेख शाखाको समन्वयमा मनघरी फाउण्डेशनले दैलेख जिल्लामा कार्यरत क्रियाशील पत्रकारहरुलाई शनिवार सरक्षा सामाग्री वितरण गरेको हो । सुरक्षा सामाग्रीमा ३० थान ज्याकेट, ३० थान के.एन. ९५ मास्क, ३० थान सेनीटाईजर, ३० थान फेसील रहेको छ । यि सामाग्रीमा रहेका ज्याकेट, फेसील सिट फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापा र सल्लाहकार डा. रविन खड्काले प्रदान गरेका हुन् भने मास्क र सेनीटाईजर प्रारारम्भ सामाजीक संस्थाले प्रदान गरेको फाउण्डेशनका अध्यक्ष थापाले वताए ।
सुरक्षा सामाग्री प्रदान गर्दै फाउण्डेशनका सल्लाहकार डा. खड्काले पछिल्लो समय दैलेख जिल्ला कोरोनाको ईपी सेन्टर जस्तै भएको र दिन प्रतिदिन दैलेखको अवस्था भयाभह हुदै गएको भन्दै समाजमा जनचेतना फैलाउने कार्यमा अग्रपंक्तिमा रहेका पत्रकारलाई सुरक्षा सामाग्री प्रदान गरिएको वताए । डा. खड्काले गाउँ वस्तीमा पत्रकारहरु अहोरात्र खटिरहेको भन्दै पत्रकारको सुरक्षाका लागी फाउण्डेशनले सुरक्षा सामाग्री प्रदान गरेको र आगामी दिनमा सत्यतथ्य र सहि सुचना प्रदान गर्नमा पत्रकारलाई सहज होस भन्नका लागी सुरक्षा सामाग्री प्रदान गरेको वताए ।
यसैगरी फाउण्डेशनका सल्लाहकार एवं राष्ट्रपति कार्यालयका स्वकीय सचिवालयका उपसचिव दिपा शर्माले पनि मास्क र सेनिटाईजर वितरण गरेकी छन् । उनले आफ्नो व्यक्तिगत खर्चमा दैलेखका क्रियाशिल पत्रकारलाई मास्क र सेनिटाईजर वितरण गरेकी हुन् ।
सुरक्षा सामाग्री वुझ्दै नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष चक्र केसीले फाउण्डेशनलाई धन्यवाद दिएका थिए । अध्यक्ष केसीले दैलेख जिल्लामा कार्यरत क्रियाशिल पत्रकारहरुलाई सुरक्षा सामाग्री प्रदान गरेकोमा फाउण्डेशनका पदाधीकारी लगाएत सम्पुर्णलाई धन्यवाद दिदै सुरक्षा सामाग्री वितरण गरेकोमा जिल्लामा कार्यरत क्रियाशिल पत्रकारको हौसला वढेको वताएका थिए । सुरक्षा सामाग्री वितरण कार्यक्रममा जिल्ला स्थीत क्रियाशिल पत्रकारले मनघरी फाउण्डेशनलाई धन्यवाद दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *