नारायण नगरपालिका १ द्धारा रोग प्रतिरोधात्मक औषधी वितरण

मातृभूमी संवाददाता । ०७ असार दैलेख
नारायण नगरपालिका वडा नं. १ ले ईम्युनिटि पावर वढाउने र रोग प्रतिरोधात्मक क्षमता वढाउने औषधि वितरण गरेको छ । नगरपालिकाको वडा नं. १ ले आईतवार वडाका नागरिकलाई उक्त औषधि वितरण गरेको हो । नेपाल मारवाडी सेवा समितिले निःशुल्क उपलब्ध गराएको मानिसको ईम्युनिटि पावर वढाउने र रोग प्रतिरोधात्मक क्षमता वढाउने औषधि वितरण गरिएको वडाध्यक्ष तिर्थ नारायण श्रेष्ठ (ध्रुव) ले जानकारी दिए ।
विश्वरभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) रोगको रोकथामका लागी उपयोगी हुने डाक्टरहरुको भनाई रहेको छ । भारत तथा नेपालका डाक्टर तथा स्वास्थ्य मन्त्रालयले मानिसमा यो औषधिले ईम्युनिटि पावर र रोग प्रतिरोधात्मक क्षमाता वढाउने भएकाले औषधी सेवन गर्न अनुरोध समेत गरेका छन् ।
वडाध्यक्ष श्रेष्ठको पहलमा दैलेख ल्याईएको औषधि आईतवार वितरण गरिएको थियो । वडाध्यक्ष श्रेष्ठले भने, ‘औषधि खाँदा ध्यान दिनु पर्ने कुराहरु समेटिएको कागज सहित औषधि वितरण गरेका छौँ ।’ कागजमा होमियोप्याथिक औषधि २ गोली जिव्रो मुनि राखेर चुस्ने, औषधि खानु भन्दा आधा घण्टा अगाडि र पछाडि अरु कुनै चीज सेवन नगर्ने, जुनसुकै उमेर समुहका मानिसले खान सक्ने, अन्य रोगको औषधि सेवन गरिरहेका व्यक्तिहरुले पनि आधा घण्टाको फरकमा औषधि सेवन गर्न सक्ने, कुनै साईड इफेक्ट नगर्ने भएकाले अत्यन्त सुरक्षित, हातले नछोई सिधै विक्रोवाट सेवन गर्न सकिने र कफि, कपुर र गेन्थोलले औषधीलाई ग्लष्खभचकब िब्लतष्मयतभ गर्ने भएकाले उक्त चिजहरु नखाने र नसुघ्ने आदि उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *