दैलेखका तत्कालिन हुलाक प्रमुख मल्ल सहित ८ जना विरुद्धा भ्रष्टाचार मुद्धा

मातृभूमी संवाददाता । ०७ असार दैलेख
दैलेख तत्कालिन हुलाक कार्यालय प्रमुख अमर मल्ल सहित ८ जना विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको छ । अतिरिक्त हुलाक कार्यालयहरूमा कर्मचारी नियुक्ति गर्दा तथा कार्यालयको भवन निर्माणका लागि टेण्डर गर्दा अनियमितता गरेको अख्तियारको आरोपपत्रमा उल्लेख गरिएको छ । हुलाक कार्यालय प्रमुख मल्ल, नायब सुब्बा सन्तोष गौतम, सहायक कम्प्युटर अपरेटर गणेश बहादुर के.सी. र तत्कालीन हुलाक सेवा विभागका शाखा अधिकृत श्याम कुमार सिंहको मिलेमतोमा एक करोड ८२ लाख ६ हजार ९ सय भ्रष्टाचार भएको अख्तियारको आरोपपत्रमा उल्लेख गरिएको छ ।
उनीहरूले मिलेमतोमा आर्थिक वर्ष २०६९÷०७० मा २९९ र ०७०÷०७१ मा ४१२ जनाको दरबन्दी कायम गरी भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । उनीहरूले वास्तविक दरबन्दी भन्दा १४७ र २६० जना बढी देखाई झुट्ठा व्यहोराको गलत लिखत तयार गरेर भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
भुक्तानी भएको विवरण समेतलाई आधार नमानी भ्रष्टाचार गरेको अख्तिायारको आरोपपत्रमा उल्लेख छ । आर्थिक वर्ष २०६८÷०६९ मा १५२ जना कर्मचारी दरबन्दी रहेकोमा मल्लले हुलाक सेवा विभागमा पेश गरेको जिल्ला हुलाक कार्यालय, दैलेखको अतिरिक्त हुलाक अभिलेखमा २९९ जना उल्लेख गर्दै भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

अभियोगपत्र सहित

http://ciaa.gov.np/pressrelease/1727?fbclid=IwAR2Pdk1O1197hWNPFziBRiZ18caujGhNKBWIekps3dkVIUtWCzPmshzWuoc

Leave a Reply

Your email address will not be published. Required fields are marked *