एभरेष्ट क्लवको साझेदारीमा स्वास्थ्य सामाग्री वितरण

मातृभूमी संवाददाता । ०८ असार दैलेख
दैलेखका विभिन्न स्थानीय तहमा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको छ । दैलेखी सेवा समाज काठमाण्डौ र एभरेष्ट क्लव दैलेखको सहजीकरणमा यहाँका विभिन्न स्थानीय तहमा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको हो ।
सूआहरा परियोजना दैलेखका पोषण अधिकृत भक्त बहादुर नेपालीको व्यक्तिगत पहलमा केयर नेपालको आर्थिक सहयोग र दैलेखी सेवा समाज काठमाण्डौ र एभरेस्ट क्लब दैलेखको सयुक्त साझेदारीमा यहाँका स्थानीय तहहरुमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण वाट वच्नका लागी स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको हो ।
दैलेख जिल्लामा कोरोना भाईरस (कोभिड–१९) को महामारी फैलिरहेको र यसको रोकथाम तथा संक्रमण न्यूनिकरण गर्नका लागि ६ लाख बराबरको स्वास्थ्य सामग्रीहरु यहाँका अति संक्रमित स्थानीय तहहरुमा वितरण गर्ने कार्यक्रम रहेको सूआहाराका पोषण अधिकृत भक्त बहादुर नेपालीले जानकारी दिए । सोमवार नारायण नगरपालिकालाई सामाग्री प्रदान गरिएको छ भने यस अघि दैलेखका दुल्लु नगरपालिका, महाबु र भगवतीमाई गाउँपालिकामा स्वास्थ्य सामग्री प्रदान गरिसकिएको छ ।
स्वास्थय सुरक्षा सामाग्रीमा पिपिई सेट, केएन ९५ मास्क, डिस्पोजल क्याप, सुज कभर, किस्पोजल ग्लोब्स, सर्जिकल मास्क, आईआर थर्माेमिटर, सेनिटाईजर, क्लोरिन वोटल र युटिलिट ग्लोब्स रहेका छन् ।
यसैगरी अवको केहि दिनमा यहाँका डुङ्गेश्वर, भैरवी गाउँपालिकाका र वडामा रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीका लागी स्वास्थ्य सुरक्षा सामाग्री वितरण गर्ने कार्यक्रम रहेको एभरेष्ट क्लव दैलेखका अध्यक्ष दिपक शाहीले जानकारी दिए ।
नारायण नगरपालिकामा स्वास्थ्य सुरक्षा सामाग्री वुझ्दै नारायण नगरपालिका दैलेखका मेयर रत्नवहादुर खड्काले यो सहयोग आफुहरुका लागी निकै ठुलो सहयोग भएको वताए । उनले यस महामारीका वेला विभिन्न संघ संस्थाले गरेको सहयोगले केहि राहत पुगेको भन्दै नगरपालिका र सम्पुर्ण नगरवासीको तर्फवाट धन्यवाद समेत व्यक्त गरे । मेयर खड्काले यो महाविपत्तिको वेला सवैको सहयोग आवश्यक रहेको भन्दै आगामी दिनमा पनि सहयोगको खाँचो रहेको वताए ।
यस्तै नारायण नगरपालिका दैलेखका उपमेयर सावित्री मल्लले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको जोखिमवाट वच्नका लागी सचेतनाका साथै विभिन्न सुरक्षा सामाग्री प्रदान गर्दै आएकोमा केयर नेपाल, एभरेष्ट क्लव दैलेख र सूआहारा परियोजनाका पोषण अधिकृत भक्तवहादुर नेपालीलाई धन्यवाद दिएकी थिईन् ।
स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्दै एभरेष्ट क्लव दैलेखका अध्यक्ष दिपक शाहीले क्लवले विभिन्न निकायको साझेदारी तथा सहयोगमा दैलेख जिल्लाका विभिन्न स्थानीय तहहरुमा स्वास्थ्य सुरक्षा सामाग्रीहरु प्रदान गरिरहेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रदिवद्धता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *