दैलेखका स्थानीय तहले निति तथा कार्यक्रम ल्याउँदै, स्वास्थ्यलाई प्राथमिकता

मातृभूमी संवाददाता । १० असार दैलेख
आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि दैलेखका स्थानीय तहले वुधबार (आज) बजेट सार्वजनिक गर्दै छन् । असार १० गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार वुधबार (आज) दैलेखका विभिन्न स्थानीय तहले बजेट सार्वजनिक गर्न लागेका हुन् ।
दैलेखका विभिन्न नगरपालिका र गाउँपालिकाले बजेट प्रस्तुत गर्दै छन् । स्थानीय तहले केन्द्रीय सरकारले दिएको वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपुर अनुदान, विशेष अनुदान र राजश्व बाँडफाँडबाट आएको आर्थिक सहयोग तथा आफ्नै राजश्वको अनुमानको आधारमा बजेट प्रस्तुत गर्नेछन् ।
दैलेखको महावु गाउँपालिकाले ३७ करोड ४५ लाख वढिको वजेट सार्वजनिक गर्दै छ । महावु गाउँपालिकाले ल्याउन लागेको वजेटमा कोरोना भाईरस, महावु अस्पताल, स्वास्थ्य, रोजगार, सडक, कृषि र पशुमा आधारीत कार्यक्रमलाई विशेष प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष जंगवहादुर शाहीले वताए ।
दुल्लु नगरपालिकाले ८० करोड भन्दा वढिको वजेट ल्याउन लागेको छ । नगरपालिकाले ल्याउने वजेमा स्वास्थ्य, शिक्षा, रोजगार, कृषि, पर्यटन र पुर्वाधार विकासलाई मुख्य प्राथमिकता दिएको नगरपालिकाका मेयर घनश्याम भण्डारीले जानकारी दिए ।
यस्तै गुराँस गाउँपालिकाले ४४ करोड २० लाख वढिको वजेट ल्याउन लागेको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिएका छन् । उनले वुधबार (आज) ल्याउने वजेमा स्वास्थ्य, शिक्षा, पुर्वाधार, कृषि र युवा रोजगार तथा स्वरोजगारलाई विषेश प्राथमिकतामा राखेको वताए ।
दैलेखको नारायण नगरपालिका, भगवतिमाई गाउँपालिकाले वजेट सार्वजनिक गर्न लागे पनि कति वजेट ल्याउँदै छन् भन्ने जानकारी दिएका छैनन् । उता ठाँटिकाँध गाउँपालिकाले आज निति तथा कार्यक्रम मात्र सार्वजनिक गर्दै छ । भैरवी गाउँपालिकाले वुधबार (आज) निति तथा कार्यक्रम र वजेट सार्वजनिक गर्ने नगर्ने वारे अन्यौलता रहेको छ । नौमूले गाउँपालिका दैलेखले असार १५ गते निति तथा कार्यक्रम र वजेट सार्वजनिक गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!