आय आर्जनमा जोडदिनुपर्छ : सांसद बुढा
मातृभूमी संवाददाता । ११ असार (चामुण्डाविन्द्रासैनी) दैलेख
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का मा करिव ४९ करोड बजेट पेश गरेको छ । बुधबार जम्बुकाँधमा उद्घाटन भएको नगरसभा चामुण्डाविन्द्रासैनी नगरपालिकालका उप–प्रमुख ताराकुमारी शाही खत्रीले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम एवम् बजेट पेश गरेकी हुन् । आर्थिक वर्ष २०७७/७८ मा नगरवासीको रोजगार सिर्जना गर्न नगरपालिका जनता रोजगार कार्यक्रम लागु गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसैगरी एक टोल एक मैदान, एक वडा एक आयमुलक जंगल बनाईने नीतिमा उल्लेख छ ।
नगरसभामा सम्वोधन गर्दै प्रतिनिधि सभा सदस्य राजबहादुर बुढाले आगामी आर्थिक वर्षको बजेटमा आय–आर्जन अथात् कृषिमा प्रथामिकता दिन सुझाव दिए । समृद्धि नेपाल बनाउनका लागि संघिय सरकार र प्रदेश सरकारले कृषिलाई पहिलो प्रथामिकता दिएको र स्थानीय तहले पनि कृषिलाई उच्च प्रथामिकता दिनुपर्ने उनले बताए । उनले भने, ‘अब सडक मात्र निर्माण गरेर हुदैन, कृषि उत्पादनलाई वृद्धि गरी जनताको आय आर्जन तर्फपनि ध्यान दिउ ।, ‘हाल कृषि क्षेत्रमा उत्पादन नहुदाँ सडकले धुलो मात्र दिन्छ, ‘पैसा दिदैन ।, ‘सडक खन्ने डोजरले सबै पैसा उल्टै विदेशमै लैजान्छ ।, ‘हाम्रो बजेट गाउँमै वास पठाउने गरी बजेट बनाउनुपर्छ ।’ शिक्षा, स्वास्थ्यलाई पनि प्रथामिकता दिनुपर्ने उनले सुझाव दिए ।
सभामा जिल्ला विकास समिति दैलेख पुर्व उपसभापति एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका सदस्य सूर्यबबहादुर शाहीले उत्पादन तर्फ जोडदिनुपर्ने सुझाव दिए । उनले भने, ‘अब भारत लगायतका तेश्रो देशका नागरिकहरु फर्किने संख्या दिन प्रतिदिन बढ्दै गएकाले कृषि उत्पादन लाई प्रथामिकता दिनुपर्छ ।’ यसैगरी विद्यालयको हालको संख्यालाई घटाएर गुणस्तरीय शिक्षामा जोडदिन सुझाव दिए ।
कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख एवम् सभामा अध्यक्ष सूर्यबहादुर शाहीले सुझाव सल्लाहलाई आगामी दिनमा कार्यन्वयन गर्ने प्रतिवद्धता जनाए । आगामी आर्थिक वर्ष २०७७/७८ मा जनताले प्रत्यक्ष लाभ हुने कार्यक्रम ल्याउने बताए । कृषि र आय आर्जन, शिक्षा खानेपानी, विद्युत र स्वास्थ्य क्षेत्रलाई प्रथामिकतामा राखि बजेट ल्याउन लागिएको उनले बताए ।