दैलेखका स्थानीय तहको निति तथा कार्यक्रम सार्वजनिक, स्वास्थ्य, शिक्षा र रोजगारी प्राथमिकतामा
मातृभूमी संवाददाता । ११ असार दैलेख
आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि दैलेखका स्थानीय तहले वुधबार बजेट सार्वजनिक गरेका छन् । असार १० गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार वुधबार दैलेखका विभिन्न स्थानीय तहले बजेट सार्वजनिक गरेका हुन् । स्थानीय तहले केन्द्रीय सरकारले दिएको वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदान र राजश्व बाँडफाँडबाट आएको आर्थिक सहयोग तथा आफ्नै राजश्वको अनुमानको आधारमा बजेट प्रस्तुत गरेका छन् ।
दैलेखको महावु गाउँपालिकाले ३७ करोड ४५ लाख वढिको वजेट सार्वजनिक गरेको छ । महावु गाउँपालिकाले ल्याएको वजेटमा कोरोना भाईरस, महावु अस्पताल, स्वास्थ्य, रोजगार, सडक, कृषि र पशुमा आधारीत कार्यक्रमलाई विशेष प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष जंगवहादुर शाहीले वताए ।
दुल्लु नगरपालिकाले ८० करोड भन्दा वढिको वजेट ल्याएको छ । नगरपालिकाले ल्याएको वजेमा स्वास्थ्य, शिक्षा, रोजगार, कृषि, पर्यटन र पुर्वाधार विकासलाई मुख्य प्राथमिकता दिएको नगरपालिकाका मेयर घनश्याम भण्डारीले जानकारी दिए ।
यस्तै गुराँस गाउँपालिकाले ४४ करोड २० लाख वढिको वजेट सार्वजनिक गरेको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिएका छन् । उनले वुधबार ल्याएको वजेमा स्वास्थ्य, शिक्षा, पुर्वाधार, कृषि र युवा रोजगार तथा स्वरोजगारलाई विषेश प्राथमिकतामा राखेको वताए ।
दैलेखको नारायण नगरपालिकाले ४९ करोड २० लाख वढिको वजेट ल्याएको छ । नगरपालिकाका उपप्रमुख सावित्री मल्लले सार्वजनिक गरेको वजेटमा स्वास्थ्य, शिक्षा, कृषि, रोजगार, पर्यटन, पुर्वाधार विकासमा जोड दिईएको छ ।
भगवतिमाई गाउँपालिकाले ५३ करोड २८ लाखको वजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकाले ल्याएको वजेटमा स्वास्थ्य, कृषि, स्वरोजगार र पुर्वाधार विकासमा जोड दिएको गाउँपालिकाका अध्यक्ष दानवहादुर थापाले जानकारी दिएका छन् ।
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले ४९ करोड वढिको वजेट ल्याएको छ । नगरपालिकाले ल्याएको वजेटमा जनता रोजगार कार्यक्रम, एक टोल एक मैदान, एक वडा एक आयमुलक जंगल, कृषि र आय आर्जन, शिक्षा, खानेपानी, विद्युत र स्वास्थ्यलाई प्रथामिकतामा राखिएको छ ।
उता आठविस नगरपालिकाले ४६ करोड ४० लाख वढिको वजेट सार्वजनिक गरेको छ । नगरपालिकाले ल्याएको वजेटमा पनि स्वास्थ्य, शिक्षा, रोजगार र पुर्वाधार विकासमा विषेश प्राथमिकतामा राखेको छ ।
यस्तै दैलेखको ठाँटिकाँध र डुङ्गेश्वर गाउँपालिकाले निति तथा कार्यक्रम मात्र सार्वजनिक गरेका छन् । प्राविधिक कारणवस वजेट सार्वजनिक गर्न नसकिएको भन्दै यहि असार २० गते भित्र वजेट सार्वजनिक गर्ने वताएका छन् । भैरवी गाउँपालिकाले वुधबार निति तथा कार्यक्रम र वजेट सार्वजनिक नगरेको जनाएको छ । नौमूले गाउँपालिका दैलेखले असार १५ गते निति तथा कार्यक्रम र वजेट सार्वजनिक गर्ने गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरले जानकारी दिए ।