दैलेख टेलिकमको चरम लापरवाहि, चार महिना देखी तार र पोल असरल्ल
मातृभूमी संवाददाता । १४ असार दैलेख
दैलेख टेलिकमले ढलेको टेलिफोन तार चार महिना वितिसक्दा पनि अझै उठाउन सकेको छैन । गएको चैत्र महिना अघि नै ढलेको टेलिफोन तार दैलेख टेलिकमको चरम लापरवाहीका कारण अझै उठाउन नसकेको हो । विगत चार महिना देखी कृषि विकास कार्यालय अगाडी लथालिंग अवस्थामा रहेको टेलिफोन तार अझै नउठाउँदा स्थानीयवासी आक्रोशित भएका छन् ।
टेलिकमको लापरवाहीका कारण दैलखको कृषि विकास कार्यालय अगाडी टेलिफोन तार लथालिंग अवस्थामा रहेका छन् । कृषि विकास कार्यालय अगाडि लथालिंग अवस्थामा रहेका टेलिफोन तारको व्यवस्थापनमा टेलिकमले ध्यान नदिदा विगत चार महिना देखी लथालिंग अवस्थामै रहेको छ ।
टेलिफोन तार अड्याउने पोल ढलेपछि चार महिना देखी टेलिफोन तार लथालिंग अवस्थामा रहेको स्थानीयवासी नरेस चन्दले जानकारी दिए । उनले भने, ‘यहाँ तार लथालिंग भएको चार महिना भयो । यसको मर्मत र तार व्यवस्थापनमा सम्वन्धीत निकायले ध्यान नदिदा दुर्घटनाको जोखिम वढ्दै गएको छ । सम्वन्धित निकायले कहिले चासो दिने ?’
यस विषयमा मातृमूमी अनलाईनले गएको चैत्र १५ गते समचार प्रकाशन गरेको थियो । नेपाल टेलिकम दैलेखका तत्कालिन प्रमुख जितवहादुर त्यागिले तत्काल नै मर्मत गर्न सकिने अवस्था नरहेको वताएका थिए । उनले तत्कालिन अवस्थामा अप्टिकल फाईवर हाल्ने काम चलिरहेको र अप्टिकल फाईवरको समान आउन ढिलाई हुँदा र पुरानो तार तान्दा फोन लाईनहरु वन्द हुने हुँदा तत्कालै तार फाल्न सकस भएको वताएका थिए ।
दैलेख टेलिकम प्रमुख त्यागी सरुवा भएर गएको महिनौ भैसकेको छ । उनी सरुवा भएर गएपछि नयाँ कार्यालय प्रमुख आएको पनि महिनौ भैसक्यो तर तार र पोल व्यवस्थापनका लागी कसैले चासो नदिँदा दुर्घटनाको जोखिम वढ्दै गएको छ । नयाँ आएका हाकिमले पनि तार व्यवस्थापनमा खासै चासो नदिएको स्थानीयको भनाई छ ।