दैलेखमा पिसिआर मेशिनवाट स्वाव परीक्षण गर्न शुरु
मातृभूमी संवाददाता । १४ असार दैलेख
कर्णाली प्रदेशको दैलेखमा सवैभन्दा वढि कोरोना संक्रमित देखिएसंगै कोरोना परीक्षणका लागि जिल्लामै आज (आईतवार) वाट स्वाव परीक्षण शुरु गरिएको छ । यहि असार ६ गते दैलेख ल्याई १० गते उद्घाटन गरिएको पिसिआर मेसिनवाट स्वाव परीक्षण गर्न सुरु गरिएको हो । यहि असार १० गते स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले एक कार्यक्रमका विच दैलेख सदरमुकाममा रहेको स्वाव परीक्षण केन्द्रको उद्घाटन गरेका थिए । आईतवार दैलेख निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य रविन्द्रराज शर्मा लगाएत ६ जनाको स्वाव लिई परिक्षण गर्न सुरु गरिएको कोरोना ल्यावका प्रमुख शंकर शाहीले वताए । आईतवार संकलन गरिएको स्वावको नतिजा भोलि सम्म आउने ल्याव प्रमुख शाहीले वताए ।
एक करोड ६ लाखको लागतमा ल्याईएको मेशिन दैलेख निर्वाचन क्षेत्र नं. १ को निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषको रकमवाट ल्याईएको वताईएको छ । दैलेख क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य रविन्द्रराज शर्माले कोरोनाको संक्रमण दिन प्रतिदिन वढ्न थालेपछि दैलेखी जनताको स्वास्थ्यको ख्याल राख्दै मेशिन ल्याइएको जानकारी दिए । कर्णाली प्रदेशमा संक्रमणको जोखिम वढेको र परिक्षण गर्ने मेशिन कम भएकाले कोरोना परिक्षणको रिपोर्ट ढिलो आउने गरेकाले दैलेखमा मेशिन आवश्यक रहेको उहाँले वताए । उनका अनुसार केन्द्रिय निर्देशक समितिको निर्णय अनुसार निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषवाट एक हजार किट र पिसिआर मेशिन ल्याईएको हो ।
मेशिन जडान गरि स्वाव परीक्षण गर्न सुरु गरिएपछि जुम्ला र सुर्खेत पठाउनुपर्ने वाध्यता टरेको स्वास्थ्यकर्मीले वताएका छन् । पिसिआर मेशिनवाट एक दिनमा ९६ जनाको रिर्पाेट निस्कने ल्याव प्रमुख शाहीको भनाई छ । आज स्वाव लिई परिक्षण गर्न लागिएकाको रिर्पाेट पोजेटिभ आएमा नेपालगञ्जको भेरी अस्पतालमा रहेको ल्यावमा पुनः जाँचका लागी पठाईने भेरी अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले वताए ।