दैलेखमा मनाईयो धान दिवस (फोटो फिचर)

मातृभूमी संवाददाता । १५ असार दैलेख
दैलेखमा १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७७ मनाईएको छ । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७७ मनाईएको हो । नारायण नगरपालिका दैलेखको आयोजनामा वडा नं. १ को गतारीमा दिवस तथा महोत्सव मनाईएको वडा नं. १ का अध्यक्ष तिर्थनारायण श्रेष्ठ (ध्रुव) ले जानकारी दिए ।
दैलेखका आठविस नगरपालिकाको राकमकर्णाली, चिनेजिउला, ठाँटिकाँध गाउँपालिकाको जिउला, गोटिखोला आसपास, डुप्का, मटेला, प्याडुलि, पाँचाला, चामुण्डाविन्द्रासैनी नगरपालिकाको सुवाखेत, लैनचौर, सिरौल, गडाजिउला, दुल्लु नगरपालिकाको गडाजिउला, लामादुवाला, पादुका, खागितडा, स्यालखाडा, कोटिला, भैरवी गाउँपालिकाको जलजले, महावु गाउँपलिकाको सैनचौर, वासी, खरिगैरा, वडाखोला, ताराघाट, नारायण नगरपालिकाको कोटिला, भनभने, विन्ध्यावासीनी, लोहोरे, नौमूले गाउँपालिकाको नौमूले, भगवतिमाई गाउँपालिकाको, वडाभैरव, कट्टि, वेस्तडा, ख्वप, डुङ्गेश्वर गाउँपालिकाको डुङ्गेश्वर, चुप्रा, लाँकुरी, हनेटा, डाँडापराजुल र गुराँस गाउँपालिकाको, हनेटा साईड, झुँज, पिलाडी, लालिकाँडा, सेरी लगाएतका क्षेत्रमा वढि धान उत्पादन हुने गर्दछ ।

तस्वीर सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *