नौमूलेको वजेट ४२ करोड वढि

मातृभूमी संवाददाता । १७ असार दैलेख
दैलेखको नौमूले गाउँपालिकाले निति तथा कार्यक्रम र वजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ का लागी निति तथा कार्यक्रम र वजेट सार्वजनिक गरेको हो । गाउँपालिकाले केन्द्रीय सरकारले दिएको वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदान र राजश्व बाँडफाँडबाट आएको आर्थिक सहयोग तथा आफ्नै राजश्वको अनुमानको आधारमा बजेट प्रस्तुत गरेको हो ।
गाउँपालिकाले ४२ करोड १ लाख ६५ हजारको वजेट सिलिङ सार्वजनिक गरेको हो । वजेट सार्वजनिक गरेको गाउँपालिकाले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई आत्मासात गर्दै समृद्ध नौमूले, सुखी नौमूलेवासीको दिर्घकालिन उद्देश्य लिदै समतामुलक समाज निर्माण गर्दै समृद्धिको यात्रामा अघि वढ्ने संकल्प लिएको छ । गाउँपालिकाले स्वास्थ्य, शिक्षा, रोजगारी, जिवीकोपार्जन, पुर्वाधार र पर्यटन तथा खाद्यान्नलाई विषेश प्राथमिकतामा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *