दैलेख क्षेत्र नं. १ का ६ विद्यालयमा सूचना प्रविधि सामाग्री
मातृभूमी संवाददाता । २२ असार दैलेख
विद्यालयमा सूचना प्रविधिको विकास गर्न दैलेखमा सामाग्री आएको छ । यहाँका ६ वटा विद्यालयलाई सूचना प्रविधि मैत्री बनाउन आवश्यक सामग्री आएको हो । प्रतिनिधी सभा सदस्य पार्वति विसुन्केको पहलमा दैलेख निर्वाचन क्षेत्र नं. १ का विभिन्न ६ विद्यालयमा आवश्यक सामाग्री दैलेख पठाएकी छन् । सूचना प्रविधि प्रयोगशाला मैत्री सामुदायिक विद्यालय बनाउने कार्यक्रम अन्तरगत दैलेखका ६ वटा विद्यालयका लागी संघिय सांसद विशुन्केको पहलमा सञ्चार मन्त्रालयसँग समन्वय गरी ६ वटा विद्यालयमा सामग्री आएको हो ।
दैलेख निर्वाचन क्षेत्र नं. १ का त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजार दैलेख, सिता जनसहयोग माध्यमिक विद्यालय डुङ्गेश्वर गाउँपालिका, भैरव माध्यमिक विद्यालय भगवतीमाई गाउँपालिका, शान्ति माध्यमिक विद्यालय गुराँस गाउँपालिका, शिवशक्ति माध्यमिक विद्यालय नौमुले गाउँपालिका र भगवती माध्यमिक विद्यालय महाबुमा सामग्री ल्याईएको हो ।
प्रत्येक विद्यालयमा २४ वटा कम्प्युटर सेट, १ थान प्रोजेक्टर, १ थान प्रिन्टर, ४ थान सिसिटिभी क्यामेरा, १ थान सिसिटिभी मोनीटर, १ थान नेटवर्क भिडियो रेकर्डर, १ थान, स्विच ¥याक, १ थान राउटर लगायतका आइटी सम्बन्धी आवश्यक पर्ने १५ थरिका सामग्रीहरू पठाएको र उक्त सामग्रीहरू सबै विद्यालयले प्राप्त गरीसकेको सांसद विशुन्केले बताईन् ।
कोरोना भाइरसको कारण देशभर लकडाउन भएपछि विद्यालयसम्म सामग्री पठाउन केही समय लागेको हो । विश्वका अन्य देशका बालबालिका सूचना प्रविधिमा धेरै अगाडि भएको र नेपालका ग्रामीण स्तरका विद्यार्थीहरूलाई प्रविधि र पढाईसँगै जोड्न सकेको खण्डमा रोजगारतर्फ पनि जोडिन र बेरोजगारी समस्या न्यूनीकरण गर्न सकिने हुँदा विद्यालयलाई छनोट गरी सामग्री पठाएको सांसद विसुन्केको भनाई रहेको छ ।
लकडाउनले सूचना प्रविधिको बारेमा राम्रो ज्ञान दिएको कारण युग अनुसार शिक्षा दिन सकेमा मात्र सामुदायिक विद्यालयको गुणस्तर बढ्ने र शिक्षा प्रर्णालीमा सुधार गर्नका लागि यस्ता कार्यक्रम देशभरी सञ्चालन गर्न आवश्यक रहेको सांसद बिशुन्केले वताईन् ।